रामेछाप । जिल्लामा उत्पादित हलुवाबेदले बजार नपाउँदा किसान चिन्तित वनेका छन् । रुखमा पहेलपुर भएर पाकेको हलुवाबेद बिक्री नभएपछि किसानहरुले बस्तुलाई कुडो र जाँड, रक्सी वनाउन प्रयोग गर्ने गरेका छन् भने धेरैजसो किसानको रुखवाट झरेर त्यतिकै सड्ने गर्दा किसान चिन्तित बनेका हुन् ।
मन्थली नगरपालिका वडा नं १३ र १४ फुलासीका किसानहरुले व्यबसायीक रुपमा लगाइएको हलुवावेदले यस बर्ष पनि वजार नपाएपछि कृषहरु चिन्तीत वनेका हुन । कात्तिक महिनावाट पाक्न शुरु गर्ने हलुवावेद देविटारका धेरै किसानहरुको रुखमा राताम्यै भएर पाकेको भए पनि विक्रि नभएपछि त्यसै खेर जान थालेको छ ।
जापानीज हलुवावेद भन्दा अली बढी टर्रो भएका कारणले पनि बिक्री कम हुने गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । केही किसानहरुले हलुवावेदवाट बस्तुलाई कुडो वनाएर खुवाउने गरेका छन् भने केहीले जाँड, रक्ती वनाउने गरेका छन् । उत्पादित हलुवावेद रुखमा लटरम्म पाक्दा पनि बिक्रिगर्ने बजारको अभाव रहेको छ । बोटमा एकै पटक पाक्ने भएकाकारण हलुवावेदको भण्डार गर्न र विक्रिगर्न समेत समस्या हुने गरेको कृषक शिव खड्काले बताए ।
उनले भने– बारी तथा खेतका कान्लामा लगाइएको हलुवावेद रुखैमा पाकेर राताम्यै भए पनि बजार अभावकाकारण विक्रिगर्न नपाउँदा यस बर्ष हलुवावेद त्यसै खेर जाने अवस्था रहेको छ । मानव स्वास्थ्यको लागि बहु उपयोगी मानिने हलुवावेद वाट जाम जेली लगाएतका सामाग्रीहरु निमार्ण हुने भएतापनि सरकारी तवरवाट किसानहरुलाई तालिम लगाएतका उपकरण र वजारको व्यवस्थापन गरिदिन सके हलुवावेद उत्पादन गर्दै आएक ाकिसानहरुले मनग्ये आम्दानी लिन सकिने अर्की किसान उर्मिला कार्कीले वताइन ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...