रामेछापमा उद्योग–पसलको संयुक्त अनुगमन : म्याद नाघेको खाद्यान्न नष्ट, कैफियत भेटिएकामा जरिवाना

१० भाद्र २०८२, मंगलवार


रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा विभिन्न निकायको संयुक्त टोलीले मन्थली बजार, सोमवारे हाट र लिखुतामाकोसी गाउँपालिका–५ धोवि बजारमा उद्योग तथा पसलहरूको अनुगमन गरेको छ ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, हेटौंडा, नेपाल गुणस्तर तथा नापतौल विभाग जनकपुर, जिल्ला प्रशासन कार्यालय रामेछाप, मन्थली नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, होटल व्यवसायी संघ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

तीन स्थानमा गरिएको अनुगमनमा मन्थली बजारका ५१, सोमवारे हाटका ४ र धोवि बजारका १४ गरी कुल ६९ पसल तथा उद्योग जाँचिएको थियो ।

अनुगमनका क्रममा मन्थलीस्थित सुनापति वेकरीलाई सरसफाइ र व्यवस्थापन कमजोर देखिएकाले १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अमृत दुग्ध डेरीलाई सरसफाइ सुधार गर्न निर्देशन दिँदै १ हजार रुपैयाँ जरिवाना गरिएको हो । अन्य डेरी, वेकरी तथा विभिन्न पसललाई व्यवस्थापन सुधारका लागि चेतावनी दिइएको छ ।

धोवि बजारमा भने गम्भीर कैफियत भेटिएको छ । बुढाथोकी किराना स्टोरलाई लेबल नभएको सामान बिक्री, म्याद नाघेको खाद्यान्न राख्ने र विषादी प्रयोग गरेको कारण १० हजार रुपैयाँ जरिवाना गरिएको छ । सानु किराना स्टोरलाई २ हजार र आरके खाद्यान्न स्टोर्सलाई नापतौल त्रुटि भेटिएकाले २ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका चिउरा, चियापत्ति, दालमट, बिस्कुटलगायत पाँच हजार रुपैयाँभन्दा बढी मूल्यका खाद्य सामग्री तत्काल नष्ट गरिएको छ ।

अनुगमन निरीक्षण अधिकृत खेमराज घिमिरेले सुधार नगरी दोहोरिएमा उद्योग वा पसल नै बन्द गर्ने चेतावनी दिनुभयो । हालसालै गरिएको यो संयुक्त अनुगमनलाई स्थानीय तह, उद्योगी–व्यवसायी र उपभोक्ताले समेत सकारात्मक रूपमा लिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...