रामेछापमा तिन जना कृषक पुरस्कृत

Written by meropradesh creator

१६ कार्तिक २०७८, मंगलवार

रामेछाप । विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र रामेछापले राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट तिनजना लाई पुरस्कृत गरेका छन् । जिल्लामा रहेर कृषि पेशामा लागेका तिनजनालाई मंगलबार कृषि ज्ञान केन्द्र रामेछापले नगद १० हजार सहित प्रशंसा पत्र द्वारा सम्मान गरेको हो ।
पुरस्कृत हुनेमा दोरम्बा गाउंपालिका २ का श्यामवहादुर थापामगर, रामेछाप नगरपालिका ६ का शेरवहादुर तामाङ र मन्थली नगरपालिका १४ का दलवहादुर पाल्पालि खड्का रहेका छन् । दोरम्बाका  श्यामवहादुर थापामगर १५ बर्ष अघि सेनाको जागिरबाट निबृत भएर कृषि कर्ममा जुटेका हुन । उनले हरेक बर्ष आफ्नो बगैंचामा नयाँ नयाँ प्रजातिका फलफुल खेति हुर्काएका छन् । उनले । झण्डै १ सय रोपनी क्षेत्रमा फलफुल खेति गरेका छन् ।
रामेछाप नगरपािलका ६ ओख्रेनीका शेरवहादुर तामाङ जुनारबाट सुन्तला र सुन्तलाबाट जुनार वनाउने कला जानेका शेरवहादुर नर्सरी र अन्य वगैंका लागि कहलिएका किशान हुन । त्यसतै गरी केहि बर्ष विदेशमा बसेर गाउँमा फर्केका मन्थली नगरपालिका १४ का किसान दलवहादुर पाल्पाली खड्का भोटनाघीमा चिया सहकारी मार्फत खेति गर्दै आएका छन् । उनले कृषि ज्ञान केन्द्रले चियाको पात सुकाउने मेसिन र चिया प्रशोधित मेसिन दिएपछि खेतिलाई विस्तार गर्ने कार्यमा लागेका छन् उनले तयार पारेको ग्रिन टिलाई वजारीकरण पनि सुरु गरीसकेका छन् ।
कार्यक्रममा उत्कृष्ठ किसानलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले पुरस्कार प्रमाण पत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा कृषिको सुधारका लागि उत्कृष्ठ किसान छनौट र यसको प्रकृयाका बारेमा कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ लगाएतका अधिकारीले प्रकाश पारेका थिए ।
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारका लागि केन्द्रले किसानहरुबाट दावि प्रश्तुत गर्नका लागि आव्हान गरेको थियो । उक्त सूचनाका आधारमा जिल्लाका विभिन्न विधाका ६ जना कृषकले पुस्कारको लागि दावि प्रश्तुत गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...