रामेछाप । शुक्रबार रामेछापमा तिन जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । लिखुतामाकोशी गाउँपालिका बाट बुधबार ६५ जनाको स्वाब पीसीआर परीक्षणका लागि सिन्धुली कोभिड अस्पलतालमा पठाइएकोमा दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । त्यसतै बिहिबार जिल्ला अस्पताल बाट स्वाब पीसीआर परिक्षणको लागी पाठएका मध्य एक जनाको संक्रमण भएको पुष्टि भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
निर्माणधीन लिुखु ४ हाइड्रोपावरमा कार्यरत लिुतामाकोशी गाउँपालिकाका ३५ र ४४ वर्षका पुरुष र रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछापका ४० वर्षका एक पुरुष गरी शुक्रबार थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । शुक्रबार थपिएका तिन जना सहित जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २८ जना पुगेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









