रामेछापमा तामाङ्ग र ढुङगेलको प्रतिनिधि सभामा प्रतिस्पर्धा हुने

Written by meropradesh creator

२२ आश्विन २०७९, शनिबार

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेरदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनका तर्फ बाट कैलाश ढुङगेलको प्रतिस्पर्धा हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछापमा मुख्य ठुला दलहरु बाट दुई नेता बिच प्रतिस्पर्धा हुने भएको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी, नेकपा समाज वादी लगाएत दलले गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ भने नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रिक (राप्रपा), र जनता समाजवादी पार्टी (जसपा) बिच गठबन्धन गरेर निर्वाचनमा जाने भएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन बाट उम्मेदवार बनेका पुर्णबहादुर तामाङ (कान्छाराम) २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेका थिए । उनले २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त गठबन्धनबाट उम्मेदवार बनेका श्याम कुमार श्रेष्ठ कुशल संग सानो मतले हार ब्यहोर्न परेको थियो ।

२०७४ सालको निर्वाचनमा सयुक्त गठबन्धनका उम्मेदवार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी बिजय भएका थिए भने नेपाली कांग्रेस बाट उम्मेरदवार बनेका पुर्णबहादुर तामाङ (कान्छाराम)ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । अहिले नेकपा माओवादी केन्द्र संग गठबन्धन हुदा नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका तामाङले निर्वाचन आफु अनुकुल हुने अनुमान गरेको कांग्रेस नेता कार्यकर्ताको भनाई छ ।

त्यसै गरी नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट उम्मेरद्वार बनेका ढुङगेल २०७४ सालको प्रदेश सभा ख को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेरद्वार जितबहादुर मगरलाई भारी मतान्तरले पराजित गरेका थिए । कांग्रेस उम्मेदवार मगरले १४ हजार ७ सय २९ मत प्राप्त गर्दा उनले २६ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए । त्यसकारण मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा तामाङ्ग र ढुङगेलको कडा प्रतिस्पर्धा हुने राजनितिक दलका नेता तथा कार्यकर्ताको आकलन रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...