मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा टाटा गाडी दुर्घटना भएको छ ।दिउँसो करिब २ बजे खाँडादेवी गाउँपालिकाबाट मन्थलीतर्फ आउँदै गरेको बा.२ च ७१५४ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा गाडीमा सवार दुई बालबालिकासहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले घाइतेहरूको उद्धार गरी मन्थली अस्पताल पुर्याएको जानकारी दिनु भयो । घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ । गाडीमा तीन बालबालिकासहित ७ जना सवार थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









