मन्थली । रामेछापको गोकुलगंगा गाँउपालिकाको वडा नं–६ फर्पु (सिमलडाडा भीर) जिरो किलो नजिक टाटा सुमो दुर्घटना भएको छ । टाटा सुमो दुर्घटना हुँदा गोकुलगंगा गाँउपालिका–४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । काठमाण्डौ बाट बेताली जाँदै गरको ना १ ज ७१२३ नं को फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा करिव ३ सय मिटर तल खसेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंङले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मन्थली नगरपालिका वडा नं १० का ३५ बर्षिया चालक हिरा बहादुर कार्की, गोकुलगंगा गा पा ५ बस्ने बर्ष ३० की कविता कार्की, सोहि वडा बस्ने कविता कार्की (खड्कां)को सोहि स्थानका बर्ष ७ की स्वस्तिका खड्का रहेका छन् भने अन्य १ जनाको नामथर भने खुल्न सकेको छैन ।
दुर्घटनामा परी घाइते हुनेहरुमा कास्की जिल्ला लेखनाथ नगरपालिका घर भएका बर्ष ४२ को केशव शर्मा र रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका ४ बेताली बस्ने बर्ष २७ की सरस्वती कार्की घाइते भएका छन । घाइते मध्ये अन्दाजी ३÷४ बर्षको बर्षको बालकको भने नाम थर वतन खुल्न नसकेको रामेछाप प्रहरी प्रमुख प्रदिप कुमार सिङले बताउनु भयो । उनीहरुको उपचार मन्थली अस्पतालमा संम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...