रामेछापमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया – सरकारी कार्यालयहरूले सहजै सूचना नदिएको सरोकारवालाको गुनासो

रामेछाप । राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रामेछापले सूचनाको हकका लागि राष्ट्रिय महासंघ RTI रामेछापको समन्वयमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। मंगलबार सम्पन्न कार्यक्रममा जिल्लाभित्रका सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ रामेछापको समन्वयमा भएको कार्यक्रममा सहभागी सरोकारवालाले सरकारी कार्यालयहरूले सूचना माग्दा सहज र पारदर्शी ढंगले उपलब्ध नगराएको गुनासो गरेका थिए। पत्रकारहरूले सूचना माग्नासाथ कतिपय कार्यालयले गलत दृष्टिकोणले हेर्ने गरेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले पत्रकारिता पेशामात्र होइन, सर्वसाधारण नागरिकले पाउने संवैधानिक अधिकारमै बाधा पुर्‍याउने बताएका थिए।

पत्रकारहरूले सरकारी कार्यालयहरूलाई सूचना प्रवाहलाई सहज, समयमै र पारदर्शी बनाउन आग्रह गर्दै यसबारे सचेतता र व्यवहारमै सुधार आवश्यक रहेको कुरामा जोड दिए। “सूचना माग्नेबित्तिकै पत्रकारलाई शंका गर्ने दृष्टिले हेर्नु गलत हो, यस्तो प्रवृत्ति तत्काल रोकिनुपर्छ,” सहभागी पत्रकारहरूको भनाइ थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख श्यामकृष्ण थापाले सूचना अधिकारलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारी कार्यालयमै रहेको उल्लेख गर्दै, “सूचना दिनु कार्यालय प्रमुख र सूचना अधिकारीहरूको कानुनी दायित्व हो, यसमा कुनै बहाना चल्दैन,” भन्दै सबै निकायलाई सूचना अधिकार कार्यान्वयनमा गम्भीर हुन निर्देशन दिए।

कार्यक्रममा सूचनाको हकसम्बन्धी कार्यपत्र सुचनाको हक सम्बन्धी राष्ट्रिय महासंघ रामेछापका प्रमुख हिमाल ढुंगेलले प्रस्तुत गरेका थिए। उनले सूचना प्रवाहलाई पारदर्शी र समयमै उपलब्ध गराउन सकेमात्र नागरिकको राज्यप्रतिको विश्वास बढ्ने बताएका थिए।

तर अन्तरक्रियामा सहभागी सरकारी कार्यालयका प्रमुखहरू भने मौन बसेका थिए। उनीहरूको मौनताले सरकारी निकायमा अझै पनि सूचना प्रवाहबारे गम्भीरता र प्रतिबद्धताको कमी रहेको संकेत मिलेको सरोकारवालाले टिप्पणी गरेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...