रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल आज पनी टुंगो लागेन

Written by meropradesh creator

४ बैशाख २०७९, आईतवार

रामेछाप । सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालेमेल गर्ने विषयमा आज पनी सहमती जुट्न सकेन । आज साँझ समम गठबन्धनको बैठक बस्ने र टुंगो लगाउने भनिए पनी टुंगो लाग्न सकेको छैन् । गठबन्धनमा आबद्ध पाँच दलबीच आज सिट बाँडफाँडको विषयमा छलफल भए पनी सहमती भने हुन सकेको छैन् । आठ वडा स्थानीय तहको ६४ वटा वडामै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको तयारी छ । तर गठबन्धनमा आबद्ध दलहरुले आ–आफ्नो दावी अघि सार्दै आएका छन् ।
माओवादीले सुनापति, दोरम्बा खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गरेको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादीले सुनापति र दोरम्बा गाउँपालिकामा जितेको थियो ।
अहिले खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा पनि माओवादीको दावी छ । रामेछाप नगरपालिका जितेको कांग्रेसले खाँडादेवी, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा दावी गरेको छ । केन्द्रको निर्देशन पालना भएको अवस्थामा कांग्रेस मन्थली नगरपालिकामा एकीकृत समाजवादीलाई छोडन तयार हुने केही नेताले बताएको छ । यद्यपी कांग्रेसले मन्थली नगरपालिकामा आफ्नो दावी कायमै राखेको छ ।
कांग्रेसले माओवादीलाई सुनापति दोरम्बा र अन्य एक गाउँपालिका लिन प्रस्ताव गरेपनि माओवादीले चार वटा स्थानीय तहमा आफ्नो दावी गर्दै आएको छ ।
चुनावी तालमेलको विषयमा छलफलमा कांग्रेस र माओवादीबीच मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयलाई लिएर विवाद कायमै छ । कांग्रेसले पूर्व सहमति कार्यान्वयन गर्न माओवादीलाई दबाब दिए पनि माओवादीले साना कुरामा अल्झिएर गठबन्धनलाई नै प्रभावित पार्न नहुने तर्क गर्दै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...