रामेछापमा संविधान दिवस विविध कार्यक्रमसहित मनाइयो

रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार रामेछापमा विविध कार्यक्रमसहित दिवस मनाइएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभएको ऐतिहासिक दिनको दशक पुगेको अवसरमा जिल्लास्तरीय कार्यक्रम आयोजक समितिले र्‍याली, अन्तरक्रिया तथा सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

शुक्रबार बिहान ७ बजे मन्थलीस्थित मदन आश्रित चोकबाट कटहरबोट हुँदै जिल्ला समन्वय समितिसम्म र्‍याली निकालिएको थियो । त्यसपछि जिल्ला समन्वय समितिमा संविधान कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्ला समन्वय समिति रामेछाप प्रमुख तथा कार्यक्रम आयोजक समिति संयोजक चिना कार्की खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता–प्रतिनिधि, मन्थली नगर प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र नागरिक समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछाप अध्यक्ष दिपक कुमार घिमिरे, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेकपा माओवादी केन्द्र नेता उद्धव रम्तेल, एमाले रामेछाप सचिव प्रकाश कुमार कार्की, नेपाली काँग्रेस जिल्ला सदस्य नवराज घिमिरे, समाजवादी पार्टी अध्यक्ष रामबहादुर बुढाथोकी, रास्वपा नेतृ समिक्षा श्रेष्ठलगायतले संविधान कार्यान्वयनको उपलब्धि, कमीकमजोरी र चुनौतीबारे आ–आफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा नेपाल बार एसोसिएसन रामेछाप अध्यक्ष यादव दाहालले संविधान कार्यान्वयनको वर्तमान अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया सकिएपछि मन्थलीस्थित विभिन्न अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरी संविधान दिवस मनाइएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...