रामेछापमा सिटामोलको अभाव

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

हिमाल ढुंगेल
रामेछाप । ज्वरोका लागि अत्यावश्यक मानिएको औषधि सिटामोल रामेछाप जिल्लामा अभाव हुन थालेको छ । काठमाण्डौं लगायतका शहरमा नै सिटामोल पाइन छाडेकाले जिल्लामा अभाव हुन शुरु गरेको औषधि व्यबसायीहरुले बताएका छन् । जिल्ला भित्र भएका औषधि पसलमा रहेको सिटामोल सकिन लागेको र बाहिरबाट ल्याउन नसकिएकाले अभाव हुन लागेको दिल श्री मेडिकल हल मन्थलीका संचालक मोहोन श्रेष्ठले बताउनु भयो ।
आफ्नो पसलमा सिटामोल किन्न आउने ग्राहकहरुलाई दिन नसकिएको मन्थलीमा औषधि पसल संचालन गर्दै आएका बसन्त सापकोटाले बताउनु भयो । उहाँले मन्थलीका अधिकांश पसलमा अहिले सिटामोल सकिएकाले यस्तो समस्या श्रृजना भएको जानकारी दिनुभयो । रामेछापका गाउँ गाउँमा पनि अहिले सिटामोल अभाव भएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा ज्वरोका विरामी बढेसंगै सिटामोल पाउन छाडेपछि सर्वसाधारणमा त्रास बढेको छ ।
रामेछाप जिल्लामा अधिकांश औषधिहरु काठमाण्डौंबाट ल्याइने गरिएको छ । जिल्लाको थोक औषधि विक्रेता मोहोन श्रेष्ठ आफुहरुले औषधि ल्याउने ठाउँमा नै सिटामोल सकिन लागेको भन्दै औषधि पठाउन छाडेपछि जिल्लामा सिटामोलको अभाव हुन थालेको बताउनु हुन्छ । यता तामाकोसी अस्पतालले भने आफ्नो अस्पतालमा आएका विरामीहरुलाई अहिले सम्म सिटामोल दिन सकिएको भएपनि बजारमा भने अभाव भएकोले अब भने अस्पताललाई पनि समस्या पर्ने अस्पतालको फार्मेशिमा कार्यरत मिना थापाले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...