रामेछापमा शिक्षक नियुक्तीमा चलखेल ः योग्यताक्रम मिचेर नियुक्ती

Written by meropradesh creator

१४ चैत्र २०७९, मंगलवार

रामेछाप– रामेछापमा शिक्षक नियुक्तिमा चलखेल भएको पाइएको छ । शिक्षक नियुक्ति दिने क्रममा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले व्यापक चलखेल गरेको शिक्षकहरुले बताएका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । नियुक्ति दिदा उनिहरुको योग्यताक्रम अनुसार दुर्गम पालिका पुग्ने भएपछि तत्काल उनिहरुको नियुक्ति रोकेर बाकिलाई नियुक्ति दिएका छन् ।

योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा नजिकैको पालिका पठाउने योजना सहित नियुक्ती नदिएका हुन् । भट्टराइले शक्तिको प्रयोग गरी योग्यताक्रममा अगाडि रहेकालाई अहिले दुर्गम पालिका पठाउने र योग्यताक्रममा धेरै पछाडि रहेकालाई केही दिनपछि सदरमुकाम र आसपास पार्ने उद्देश्यले अहिले नियुक्त नदिएको उनको यो कार्यले छर्लगं पारेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तीमा प्राथमिकताक्रमलाई मध्यनजर गरी स्थानीय तह छनौट गरेर चैत्र १० गते भित्र फाराम भरी निवेदन पेश गर्न माग गरेको थियो । सोही अनुसार प्रावि तह तृतिय श्रेणीमा रामेछाप जिल्लाका लागि नाम निकालेका ७२ जना मध्ये ७१ जनाले फाराम भरी पालिका रोजेर निवेदन दिएका थिए । तर इकाई प्रमुखले योग्यताक्रमको ५७, ६६ र ७० नम्बरमा रहेकालाई बाँकी राखेर अन्य ६८ जनलाई मात्रै पालिका जान नियुक्ती दिएका छन् ।

चैत्र ६ गते प्रकाशन गरेको सूचनामा ८ पालिकामा रिक्त दरवन्दी संख्यामा ७२ जना उल्लेख छ । तर भट्टराईले सोमबार नियुक्ती दिँदा ६८ जनालाई मात्रै नियुक्ती दिएका छन् । सबै पालिकामा गरेर ७२ जना रिक्त दरबन्दी रहेकाले सोही अनुसार पठाउनु पर्ने भएपनि आफैले प्रकाशन गरेको सूचनालाई बेवास्ता गरेर कुनै पालिकामा बढी र कुनै पालिकामा घटी पठाएका छन् ।

उनले रामेछाप नगरपालिकामा ८ जना रिक्त रहेको सूचना प्रकाशन गरेको भएपनि १ जना थप गरेर ९ जना पठाएका छन् । त्यस्तै उमाकुण्ड गाउँपालिकामा ५ जना रिक्त रहेको देखाएको भएपनि ४ जना, लिखुतामाकोशी गाउँपालिकामा ५ जना रिक्त देखाएपनि ४ जना र दोरम्बा शैलुङ गाउँपालिकामा ८ जना रिक्त रहेको भएपनि ५ जना मात्रै पठाएका छन् ।

फाराम किनेको रसिद छ तर, फाराम भरेका छैन भनेर गैरजिम्मेवार जबाफ दिन्छन् इकाई प्रमुख भट्टराई

स्थायी शिक्षक नियुक्तमा योग्यताक्रमलाई मिचेर पछाडी रहेका शिक्षकहरुलाई अहिले नियुक्त नदिइ राखेको विषयमा प्रश्न गर्दा इकाई प्रमुख भट्टराईले १० गते सम्म तीन जनाले फाराम नभरेको दावी गरे । तर फाराम भर्दा लाग्ने शुल्क तिरेको रसिद भने उनैले देखाएका छन् । रसिदमा तीनै जनाले १० गते भन्दा अगाडी नै पैसा बुझाएर फाराम खरिद गरेको देखिन्छ ।

तीन जनालाई चाहि किन नियुक्ती नदिएको ? भन्ने पत्रकारको प्रश्नमा उनले फाराम नै नभरेका मान्छेलाई अहिले नियुक्त दिन मिल्दैन भनेर ढाकछोप गर्ने प्रयास गरे । तीन जनालाई कहिले नियुक्ती दिनु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले ‘मेरो तजबिजले दिन्छु’ भन्दै गैरजिम्मेवार जबाफ दिएका छन् ।

नियुक्ती नलिएका तीन जनाले १० गते सम्म फाराम नभरेको बताएपनि उनले १३ गते सम्म पुनः फाराम भर्नलाई सूचना गरेका छैनन् ।
भट्टराईले चैत्र १३ गतेकै मितिमा तीन जनालाई नियुक्ती नदिने हो भने उनिहरुको बढुवामा समेत असर पर्ने छ । (पैसा तिरेको ररिद, पालिकामा रिक्त सहितको सूचना र हाल पदास्थापना भएको प्रमाण हामीसँग सुरक्षित छन् )।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...