रामेछापमा सातौं जिल्ला परिषद सम्पन्न

Written by meropradesh creator

१ माघ २०७९, आईतवार

रामेछाप । जिल्ला समन्वय समितिले सातौं जिल्ला परिषद सम्पन्न गरेको छ । समन्वयले बिहिबार र शुक्रबार दुई दिनमा जिल्ला परिषद सम्पन्न गरेको हो । जिल्ला परिषदमा जिल्लामा रहेका आठ वटै स्थानिय तह र सरकारी कार्यलयहरुले जिल्लामा सञ्चालीत योजनाका बारेमा जानकारी गराएका थिए । साथै आगामी योजनाका बारेमा छलफलसमेत गरेको थियो । बिहिबार सरकारी कार्यालयहरु र गाउँपालिका नगरपालिकाले आफ्नो प्रतिबेदन प्रस्तुत गरेको थियो भने शुक्रबार सो बिषयमा राजनितिक दल तथा जनप्रतिनिधिहरुले सुझाब राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले काम गर्दा कुनै पनि कार्यलय प्रमुखहरुले कसैको दबाब र प्रभाबमा परेर काम गर्न नहुने भन्दै नियम अनुसार काम गर्न आग्रह गरे । तामाङले कानून सम्मत रुपमा काम गर्दा कुनै कठिनाई परे आफु सहयोग गर्ने बताए । काम गर्ने क्रममा कुनै पनि राजनीतिक दल वा तिनका नेता तथा कार्यकर्ता कसैले अनावश्यक दबाब र प्रभाव पार्न खोजे आफूलाई सिधै जानकारी गराउन पनि तामाङले आग्रह गरे ।

जिल्लाका सबै आठ वटै स्थानीय तहका प्रमुख, तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, सुरक्षा प्रमुख र राजनितिक दलहरु समेतको रोहबरमा साँसद तामाङले परवर्तित समय संगै कार्यालय प्रमुख हरुले गर्ने सबैखालेकाम समय अनुकुल जनमैत्री र जनमुखि बनाउन आग्रह गरे ।

सोहि कार्यक्रलाई सम्बोधन गर्दै निर्वाचनमा नागरिकको घर दैलोमा जाँदा जनता सामु धेरै बाचा गरिएको स्मरण गर्दै ती बाचाहरू मध्ये ४० प्रतिशत पूरा गर्न सके नागरिकले समृद्धिको अनुभूति गर्ने बताएका छन् । तामाङले भने ‘ हामिले निर्वाचनको समयमा कति बोलेको छौँ जनतासामु ती सबै कुरा मध्ये ४० प्रतिशत काम गर्न सकेमा पनि त्यो आफुहरुको सन्तुष्टिको विषय बन्ने पनि बताए । पषिदका सहभागि स्थानिय निकायका प्रमुख तथा उप प्रमुखहरुलाई पनि प्रमुख अतिथि तामाडले जनताको काममा ईमन्दार भएर लाग्नु पर्नै र विकासको लागि थप बजेट ल्याउनका लागि आफु लगायत सबै माननियहरु संग समन्वय गरेर काम गर्ने बताए ।

जिल्ला समन्वय प्रमुख चिना कार्किको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति लेख बहादुर कार्कि नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रकाश कार्कि नेकपा माओवादीका उद्धब रम्तेल नेकपा समाजबादीका झम्क कडेल राप्रपका दिपक कार्की लगायतका बक्ताहरुले परिषदलाइै रामेछापको विकास मोडलको नमूना बनाउन सुझाब दिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...