रामेछापमा रासायनिक मल अभाव

Written by meropradesh creator

२७ जेष्ठ २०७८, बिहीबार

निराजन ढुङ्गेल
रामेछाप (खेती गर्ने बेला यसबर्ष पनि रामेछापमा रासायनिक मल अभाव भएको छ । रामेछापका किसानहरुले बिगतका बर्षमा बेहोर्नु परेको समस्या यो बर्षपनि त्यस्तै सास्ती बेहोर्नु पर्ने देखिन्छ । समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । गाई भैंसीको मल प्रयाप्त नहुने हुँदा किसानहरु रासायनिक मलमा भर पर्नु पर्ने बाध्यता रामेछापका किसानको रहेको छ ।किसानको आवस्यकता अनुसारको रासायनिक मलको लागि कृषि सामाग्री केन्द्रलाई जानकारी गराइएको भए पनि हाल सम्म पनि उपलब्ध गराउन नसकेको पालिकाहरुले जनाएका छन् । किसानलाई रासायनिक मल अभाव नहोस् भनेर उमाकुण्ड गाँउपालिका उपाध्यक्ष उर्मिला कार्की संयोजकत्वमा समिति बनाएर आपूर्ति सहज गराउने प्रयत्न गरेको थियो । तर पालिकामा किसानलाई आवश्यक पर्ने रासायनिक मल प्राप्त गर्न नसकेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बताउछिन् । आफुहरुले सक्दो प्रयास गरिरहेको र सम्बन्धि निकाय संग कुरा गरिरहेको पनि कार्कीले बताइन् । रामेछापको बिकट गाउँ गुम्देल रहेको गाउँपालिका हो उमाकुण्ड गाउँपालिका ।
किसानको समस्या चाँडै समाधान गर्न पालिका लागिरहेको र रासायनिक मलको समस्या हुन नदिने लिखु तामाकोसी गाँउपलिकाले जनाएको छ । जसरी हुन्छ किसानले खेती लगाउने बेला सम्म आफुले रासायनिक मल उपलब्ध गराउने लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिएका छन् । सुनापती र दोरम्बा गाँपालिकामा पनि समस्य उस्तै रहेको पलिकाहरुले जानकारी दिएका छन् । मल लिनको लागि पटक पटक गाडी पठाउँदा पनि बनेपाको साल्ट ट्रेडिङले खाली पठाएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । किसानको बिगतमा किसानले भोगेको समस्या यो बर्ष नहोस् भनेर लाग्दा पनि सम्बन्धित निकायले रासायनिक मल उपलब्ध गराउन नसकेको लामाको भनाई छ । विभिन्न कृषि सहकारीलाई रासायनिक मल आपूर्ति गरेर किसानलाई सहज बनाउन स्वीकृति दिएको भए पनि किसानको माग अनुसार आपूर्ति हुन नसकेको दोरम्बा गाँउपालिकाका कृषी शाखा प्रमुख राजकुमार श्रेष्ठले ले जानकारी दिएका छन् । किसानले जति बेला आवश्यक पर्छ त्यति बेला मात्र माग गरेकाले यस्तो समस्या आएको उनको भनाई रहेको छ ।
मन्थली नगरपालिकाको वडा नं १ बाहेक बाकी सबै वडामा रासायनिक मल हाहाकार भएको छ । आपूर्ति सहज बनाउन विभिन्न कृषि सहकारीलाई अनुमति दिएको भए पनि रासायनिक मल पाउन नसकेको मन्थली नगरपालिका वडा नं २ का अध्यक्ष तारिणी शंकर अधिकारीले बताएका छन् । यता मन्थली नगरपालिकाले भने माग गर्न आउने सबैलाई सिफारिस दिएर पठाएको बताएको छ । नगरपालिका भित्रका १४ वटै वडामा एक एक वटा सप्लायर्स छनोट गरि आपूर्तिको लागि सिफारिस गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख योवन राज सुनुवारले जानकारी दिएका छन् । सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले मार खेप्नु परेको पनि सुनुवारको भनाइ छ । रामेछाप नगरपालिकामा भने आंशिक रुपमा रासायनिक मल ल्याएको भएपनी पुर्ण रुपमा नपुगेको नगरपालिकाले जनाएको छ । दुईवटा नगरपालिका र छ वटा गाँउपलिका रहेको रामेछापमा केही पालिकाले भने समयमै आफ्ना किसानलाई रासायनिक मल उपलब्ध गराएको जनाएका छन् ।
यस्तै खाँडादेवी गाँउपालिकाले भने समयमै किसानलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराइसकेको जनाएको छ । बिगतका बर्षमा धेरै झमेला भएकाले यो बर्ष समयमै किसानको माग अनुसारको रासायनिक मल उपलब्ध गराएको खाँडादेवी गाँउपलिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिएका छन् । गोकुलगंगा गाउँपालिकाले भने सधैं रासायनिक मल अभाव भइरहने समस्या नआओस् भनेर किसानहरुलाई प्राङ्ग्रारिक मल उत्पादनमा जोड दिएको छ । अभियान नै संचालन गरेर किसानहरूलाई प्राङ्ग्रारिक मल उत्पादन गर्न आह्वान गरेको गाँउपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिएका छन् । रामेछापमा वार्षिक युरियामल ३ हजार ७ सय ५२ टन , डिएपी मल १ हजार ९ सय ५७ टन र पोटास मल १ हजार ३९ टन आवस्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।।ब

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...