रामेछापमा पत्रकारको होलवडी परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

२० बैशाख २०८२, शनिबार

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारहरुको होलवडी परीक्षण तथा रक्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापको समन्वय, मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाईटी रामेछापको प्राविधिक सहयोगमा पत्रकार महासंघ रामेछापले शनिवार पत्रकारहरुको होलवडी परीक्षण तथा रक्रदान कार्यक्रम गरेको हो ।
मन्थली अस्पतालमा ३१ जना भन्दा बढी रामेछापका क्रियाशिल पत्रकारहरुले आफ्नो होलवडी परीक्षण गराएका छन् । त्यसै गरी १० जना पत्रकारहरुले रक्तदान गरेका छन् । रत्तदान कार्यक्रम संगै भएको अन्तरक्रिया कार्यक्रममा मन्थली अस्पताले आफ्ना सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी गराएको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालको समेत उपस्थितिमा मन्थली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट केशव धामीले अहिले अस्पतालको सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी गराउनु भयो । उहाँले मन्थली अस्पतालले स्वास्थ्य बिमा, २४ सै घण्टा आकस्मिक, २४ सै घण्टा प्रयोगशाला सेवा, फार्मेसी सेवा वगायतका २१ भन्दा बढी सेवाहरु प्रदान गरिरहेको बताउनु भयो । मन्थली अस्पतालबाट चालु आर्थिक वर्षको ६ महिना साउनदेखि पुस महिनासम्म २६ हजार ८९२ जनाले सेवा लिएका उहाँले बताउनुभयो । उक्त कार्यक्रममा सहभागिहरुले अस्पतालको सेवा प्रवाह, औषधी सेवा लगायतका बिषयमा विभिन्न प्रश्नहरु गरेका थिए ।
प्रश्नहरुको जवाफ दिँदै स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाल र अस्पतालका प्रमुख केशव धामीले सबैको सल्लाह सुझाव लिएर अस्पतालको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने गरी लागि परेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवसरमा चैत्र १७ गते तोकिएको कार्यक्रम पत्रकार सुरेश रजकको हत्या भएपछि रोकिएको थियो । शनिवार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर परेर स्थापना दिवस विशेष कार्यक्रम पनि आयोजना गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...