रामेछापमा पत्रकारीता तालिम शुरु

Written by meropradesh creator

१४ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापले पत्रकारहरुको क्षमता बृद्धिको लागि तीनदिने पत्रकारिता तालिम बिहिबारवाट मन्थलीमा शुरु गरेको छ ।
तीनदिनसम्म संचालन हुने उक्त तालिमको लागि रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका र खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजनामा संञ्चालित उक्त तालिममा जिल्लामा कार्यरत १९ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यता एवं राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार बस्नेतले पत्रकारहरुले जहिले पनि बास्तविक घटनाको गहिराईमा पुगेर सत्य, तथ्य घटनामा आधारित भई राज्यका तीनवटै निकायले गरेका काम कारवाहीको बिषयमा लेख्न सक्नु पर्ने बताए ।
उनले भने– पत्रकारिता बिषय भनेको निकै चुनौती र संर्घषशिल बिषय भएकाले यस क्षेत्रमा लाग्ने जो सुकैले पनि निकै गम्भिर र इमान्दारीतापूर्वक लाग्नु पर्छ । राज्यका तिनवटै तहका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले गरेका गतिविधि र समाजमा हुने विभिन्न विकृती, विसंगतीका विषयमा पनि गम्भिर भएर कलम चलाउन सक्नु पर्ने नगरप्रमुख बस्नेतले वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेल, पत्रकार महासंघका पूर्व सभापतिहरु बद्री नयाँघरे, हिमाल ढुगेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापका जिल्ला अध्यक्ष नबराज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ बागमति प्रदेशका प्रदेश सदस्य गम्भिर विश्वकर्मा लगाएतकाले तालीम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
तीनदिनसम्म चल्ने उक्त तालिमको राष्ट्रिय दलित पत्रकार संघ नेपालका सल्लाहाकार संयोजक तथा दलित अधिकारकर्मी पत्रकार जे.वी.विश्वकर्माले प्रशिक्षण दिइरहेका छन् । पत्रकारीता सम्वन्धि शिप तथा क्षमता विकास गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय दलित पत्रकार संघ रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...