रामेछापमा प्रतिभाको खोजी गर्दै ः किङस्टार

Written by meropradesh creator

५ फाल्गुन २०७८, बिहीबार

रामेछाप । रामेछापमा किङस्टार क्रियशन प्रा.लि ले प्रतिभाको खोजि गर्ने उदेश्यले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता शुरु गर्ने भएको छ । बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी किङस्टार क्रियशन प्रा.लि ले फागुन १ गतेदेखि चैत २० गतेसम्म प्रतियोगीतामा सहभागीहरुलाई तयारी प्रशिक्षण मन्थलीमा सञ्चालन गर्ने क्रियशन प्रा.लिका व्यवस्थापक सुमन खड्काले जानकारी दिए ।
जिल्लामा लुकेर रहेका प्रतिभाको पहिचान गरी कला, गला र संस्कृतिको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देयले प्रतियोगिता सञ्चालन गर्न लागेका व्यवस्थापक खड्काले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १४ वर्षदेखि २९ वर्षसम्मका युवाले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ मा र ६ वर्षदेखि १३ वर्षसम्मका बालबालीकाले लिटिल मोडल अफ रामेछाप सिजन २ मा सहभागि बन्न पाउने जनाएको छ ।
व्यवस्थापक खड्काले विगत तीन वर्षदेखि रामेछाप जिल्लामा प्रतियोगिता सञ्चालन गर्दै आएको र पछिल्लो समय मिस्टर एण्ड मिस मोडलमा भन्दा पनि लिटिल मोडलमा सहभागिहरुको क्रेज बढेको बताए । खड्काका अनुसार प्रतियोगिताका विजेतालाई नगद पुरस्कार सहित आकर्षक गिफ्ट ह्याम्पर तथा क्राउन ट्रफिबाट सम्मानित गरिने र उत्कृष्ट प्रतिभालाई म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने बताएका छन् ।
साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न प्रतियोगीतामा सहभागीहुन चाहनेहरुलाई आफुहरुले सहयोग गर्ने बताएका छन् । प्रतियोगीता सम्पन्न गर्न १३ लाख भन्दा बढी खर्चको अनुमान गरिएको पत्रकार सम्मेलनमा जनाएको छ । रामेछापको प्रतिभालालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रतियागीताले सहयोग पुर्याउने भएकाले कार्यक्रम सफल पार्न सहयोग गर्न ब्यापारी र स्थानिय सरकारलाई समेत पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...