रामेछापमा परम्परागत खरको छाना भएका घर लोप हुँदै

Written by meropradesh creator

२३ माघ २०७७, शुक्रबार

रामेछाप । जिल्लामा पछिल्लो समय परम्परागत रुपमा लगाउँदै आएको खरको छाना भएको घर लोप हुँदै गएको छ ।
जलवायुको प्रत्यक्ष असरका कारण वर्षातको समयमा समेत पानी पर्न छाडेपछि खर उत्पादनमा कमि आएसँगै अहिलेको पुुस्ताले परपम्परागत लगाउँदै आएको घरको छाना भएको घरमा खर हटाएर जस्ता, टायल लगाएर घर छाउन थालेपछि खरका छाना भएका घर लोप हुँदै गएको हो ।
रामेछापमा केही वर्षअघिसम्म गाउँमा बाक्लै रुपमा देखिने खरका छाना भएका घरहरु अहिले फाट्फुट्टरुपमा मात्र देख्न पाइन्छ । २०७२ सालको भुकम्प अघि गाउँतिर बाक्लै खरको छाना भएको घर भेटिन्थे । तर बिनासकारी भुकम्पले पुराना घरहरु पूर्णरुपमा ध्वस्त पारेपछि नयाँ निमार्ण भएका घरहरुमा जस्ता, टायल र कतिपयले पक्की भवन निमार्ण गरेसँगै खरको छाना हराउँदै गएको हो ।
जलवायुको प्रत्यक्ष असर परेसँगै बर्षातको समयमा समेत प्रयाप्त मात्रामा वर्षात नभएपछि गाउँमा अहिले बिगतको जस्तो खर पलाउन छाडेको छ । घरमा पालेका बस्तुलाई घाँस खुवाउन त समस्या छ । काहीँ काहीँ घर भेटेता पनि अत्यन्तै महङ्गो पर्छ । त्यसैले खर भन्दा जस्ता र टायल नै सस्तो पर्ने भएकाले नागरिकहरुको रोजाइमा खर पर्न छाडेको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका देबकुमारी श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्– खरको छानो हुँदा हिउँदको सयमा आउने हाबाहुण्डरीको सधै डर हुने गर्दछ । अर्कोतिर खरको छाना भएको घर आँगोको सधै डर र त्रास हुने गर्दछ । खरको छानोमा सानो आँगाको फिलिङ्गो परो भने त घरै सकिन्छ । त्यसैले पनि अहिले सबै जनाको रोजाइमा खरको छानो भन्दा जस्ता, टायल र ढुङ्गा तर्फ लागेको श्रेष्ठले बताइन ।
समयमा पानी नपर्दा सामुदायिक वनमा उम्रने वोटविरुवा, खर, बाबियो र सालिम्मो लगाएतका घाँसहरु क्रमसः हराउँदै गएका छन् । सामुदायिक वन कटान र जताततै सडक निमार्णका कारण वन विनास भएसँगै वनमा उम्रने घाँसहरु उम्रन छाडेको छ भने अर्कातिर व्यक्तिको खरपाखामा समेत पानी नभएकै कारण घाँसहरु मासिदै   गए ।


नागरिकहरुले घरमा पाल्दै आएको चौपायालाई समेत घाँस पुर्याउन धौधौ पर्न थालेपछि परम्परादेखी छाउँदै आएको घरको छानो बाध्य भएर परिमार्जन गर्न शुरु गरिएको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका शुभबहादुर कार्कीले जानकारी दिए । उनले भने– परम्परागत रुपमा निमार्ण गरिएका ढुङ्गामाटाका घर र त्यसमा पनि खरको छानो हुँदा गर्मिको समयमा घर कहिल्यै नतात्ने र जाडोको समयमा सधै चिसो हुने गर्दथ्यो । खरको छाना भएको घरको माथिल्लो तलामा किसानले उत्पादन गरेका खाद्यान्न राख्दा कुनै रोग किरा लाग्दैन्थ्यो । खरको छाना भएको घर धेरै गुणले उपयुक्त भएता पनि खर पाउनै छाडेकाले वाध्य भएर नागरिकहरुले घरको छाना जस्ता, टायल तर्फ लाग्दा खरको छाना भएको घर लोप हुँदै गएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, जेठ १ गते । मुलुकमा सरकारी बेरुजुको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मात्रै थप ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । शुक्रवार राष्ट्रपति भवन शीतल...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...