रामेछापमा प्रेस युनियनको ३४औं स्थापना दिवसमा पत्रकारहरूको आँखा परीक्षण तथा निःशुल्क चश्मा वितरण

रामेछाप, जेठ २० — नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३४औं स्थापना दिवस विशेष अवसरमा जिल्लाभरिका पत्रकारहरूका लागि निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको छ। प्रेस युनियनको जिल्ला शाखाले तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा मन्थलीस्थित कार्यालय परिसरमै मंगलबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २८ जना पत्रकारहरूले आँखा परीक्षण गराएका थिए। परीक्षणपछि दृष्टिमा समस्या देखिएका २५ जना पत्रकारलाई युनियनले निःशुल्क चश्मा वितरण गरेको प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार लामो समयदेखि सञ्चार माध्यममा कार्यरत पत्रकारहरू दैनिकजसो कम्प्युटर, ल्यापटप, मोबाइल, क्यामेरा र टेलिभिजन स्क्रिनमा घण्टौं बिताउने गर्छन्। यस्तो प्रविधि आधारित कार्यशैलीले आँखामा दीर्घकालीन असर गर्ने हुँदा यस्ता स्वास्थ्य शिविरहरू पत्रकारहरूका लागि आवश्यक मात्र नभई अत्यन्त प्रभावकारी समेत हुने बताइन्।

शिविरमा आँखा परीक्षण गरिरहेका सामुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख उमेश तामाङका अनुसार अधिकांश पत्रकारहरूमा सुक्खा आँखा, दृष्टिदोष, चालिसे लाग्ने समस्या, आँखामा एलर्जी तथा आँखाको पाक्ने समस्या देखिएको थियो। “लामो समय स्क्रिन हेरिरहँदा आँखाको क्षमता घट्ने, चिम्लिने, पोल्ने, दुख्ने र धुंधलो देख्ने समस्या देखिन्छ,” उनले भने, “यस्ता लक्षण देखिएमा प्रारम्भिक चरणमै परीक्षण गरेर आवश्यक चश्मा प्रयोग गर्दा दीर्घकालीन क्षति हुनबाट बच्न सकिन्छ।”

कार्यक्रममा सहभागी भएका पत्रकारहरूले समेत स्वास्थ्य शिविर अत्यन्त उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। पत्रकार सन्तोष थापाले भने, “हामी दिनभर काममा दौडधूपमै हुन्छौं। यस्ता स्वास्थ्य शिविरहरूले समस्या पत्ता लगाउन र समयमै समाधान गर्न सहयोग पुर्‍याउँछ। प्रेस युनियनलाई धन्यवाद दिन चाहन्छु।”

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक सेवा केन्द्र मन्थलीले विगत २५ वर्षदेखि रामेछापमा आँखा सम्बन्धी सेवा दिँदै आएको छ। हाल उक्त केन्द्रमा अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवन निर्माण भइरहेको र सेवा विस्तारका लागि नयाँ प्रविधिहरूको समेत समावेश गरिँदै गएको केन्द्रले जानकारी दिएको छ।

कार्यक्रमको समापनमा प्रेस युनियनका पदाधिकारीहरूले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...