रामेछाप । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले रामेछापमा माग ४ गतेदेखी ७ गतेसम्म प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
खेलकुद नागरिककको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मन्थलीमा उक्त प्रतियोगीता हुने भएको हो । प्रतियोगीतामा सिन्धुली, रामेछाप, दोलखा, धादिङ्ग, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर र काठमाण्डौं गरि १३ जिल्लाका टिमले सभागीता जनाउने भएका छन् ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमले नगद २ लाख, द्धितिय, तृतीय र चौथो हुने टिमले १ लाख ५० हजार र ३० हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने नेपाल खेलकुद महासंघका बागमती प्रदेश अध्यक्ष सिताराम कार्कीले जानकारी दिए ।