रामेछापमा पनि मनाइयो पृश्वी जयन्ती दिवस

Written by meropradesh creator

२७ पुष २०७७, सोमबार

रामेछाप । रामेछापमा पनि २ सय ९९ औं पृश्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिविध कार्यक्रमका साथ मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार सदरमुकाम मन्थलीमा बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित निस्किएको र्यालीमा सहभागी कार्यकर्ताहरुले पृश्वी नारायण शाह अमर रहुन, राष्ट्रिय एकता जिन्दावाद, सम्पूर्ण नेपालीको जयहोस् लगाएतका नारा सहित मन्थली बजार परिक्रमा गरी र्याली पुरानो कटहरबोटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाहको तस्वीरमा माल्यापर्ण गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । राष्ट्रिय प्रजान्तत्र पार्टी रामेछापका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममा वोल्दै राप्रपा केन्द्रिय सदस्य लालध्वज लामा, दिनेश कार्की र सरस्वती श्रेष्ठले १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृश्वीनारायण शाहले नेपाल एकिकरण गरेर नायकको भूमिका निर्वाह गर्नुभएको भन्दै उहाँलाई सबैले सम्झनु पर्ने बताए ।
यदी पृश्वी नारायण शाह नभएको भए नेपाल एकिकरण सम्भव नै नभएको भन्दै बाइसे र चौवीसे राज्यलाई एकिकरण गरेर नेपालको भूगोललाई एकिकरण गर्ने शाहलाई सबै नेपालीले भुल्नु नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र शर्माले बताए । उनले भने– सरकारी स्तरवाट नेपाल एकिकरण गराउने पृश्वी नारायण शाहलाई भुल्नु गलत भएको जानकारी दिए ।
नेपाल एकिकरणपछि पृश्वीनारायण शाहको सम्झनामा २००७ सालदेखी नेपालमा राष्ट्रिय एकता दिवस मनाउँदै आएकोमा नेपालमा भएको २०६२÷०६३ को जनआन्दोलन पछि सरकारी स्तरवाट एकता दिवस मनाउन खारेज गरेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...