रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् ।
बागमती प्रदेशको पुर्व मन्त्री समेत रहेका ढुंगेललाई कांग्रेस उम्मेरद्वार कान्छारामले १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । बिजयी तामाङले ४७ हजार ९८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।