मन्थली– रामेछापमा बिहीबार बिहानसम्मका लागि निषेशाज्ञा (कफ्र्यू) लाई निरन्तरता दिइएको छ । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जारी गरेको निषेधाज्ञा (कफ्र्यू) बिहीबार बिहानसम्म निरन्तरता दिने भएको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लामा शान्तिसुरक्षा र अमनचयन कायम राख्न निषेधाज्ञा लम्बाइएको जानकारी दिए । निषेधाज्ञा पालना गरी सुुरक्षा कायम राख्नका लागि सहयोग गर्न जिल्लाका सबै नागरिकसँग अनुरोध गरेका छन् ।










