प्रतिनिधि सभा तथा स्थानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर कुल २९ हजार ७ सय ४७ मत खसेको छ, जुन कुल मतदाता संख्याको करिब १६ प्रतिशत हो।
खसेको मतको विवरण दिँदै निर्वाचन कार्यालयले जनाएअनुसार अहिलेसम्म १७ हजार ४ सय ६६ पुरुष र १२ हजार २ सय ८१ महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्
रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। तीमध्ये ९६ हजार ८९२ जना पुरुष र ९१ हजार ६० जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।









