रामेछाप । जिल्लाको मन्थली नगरपालिका १३ आरु बोटेमा मोटरसाइकल दुर्घटना हुँदा तिन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । फुलासीबाट दोलखा तर्फ जाँदै गरेको बा.प्र.०२–००७ प ३८७४ नं.को मोटरसाईल ब्रेक फेल भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका ३ जना घाइते भएका हुन् ।
घाइतेहरूको धुलिखेल अस्पताल किर्नेटार,दोलखामा उपचार भइरहेको छ । मोटरसाईल चालक जिल्ला प्रहरी कार्यालय.रामेछापको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सर्लाही जिल्ला गोठेटा नगरपालिका वडा नं.२ वेलुवाजदी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं.६ को स्वास्थ्य चौकी इन्चार्ज .२५ वर्षीय हरेन्द्र बैठा,गुल्मी जिल्ला घर भई दोलखाको मेलुङ्ग गा.पा.वडा २ को स्वास्थ्य चौकी इन्चार्ज वर्षीय मनिष पन्थी,सर्लाही जिल्ला बरखवा न.पा.१५ टिपरभित्ता घर भई दोलखाको मेलुङ्ग गा.पा.वडा नं.१ को स्वास्थ्य चौकी इन्चार्ज २४ वर्षीय उजित ठाकुर रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घट्ना सम्बन्धी अनुसन्धान भइरहेको छ । अनुसन्धान पछि मात्र घट्ना सम्बन्धी जानकारी गराउन सकिने प्रहरीले जनाएको छ ।