रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा १५ जना मलामी घाइते भएका छन् ।
मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो खाँडादेवी गाउँपालिका वडा नम्बर ४ त्रिवेणी बुधवार दिउँसो करिब ३ बजेको समयमा दुर्घटनामा परी घाइते भएका १५ जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइतेहरूको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ । बोलेरो चालक मन्थली नगरपालिका–७ भटौलीको मुगिटारका ३६ वर्षका अरुण माझी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।