रामेछापमा कस्ले मार्ला बाजी

Written by meropradesh creator

३० आश्विन २०७९, आईतवार

रामेछाप । आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागी नेपाली काँग्रेस र माओवादीको गठबन्धन बाट साझा उमेद्वारी परेको छ भने नेकपा एमाले भने एक्लै निर्वाचनमा होमिएको छ । निर्वाचन प्रयोजनका लागि गठबन्धनको तर्फबाट संघमा नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेका केन्द्रिय सदस्य कैलाश ढुङगेल वीच प्रतिस्पर्धा हुने भएको छ ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनको तर्फबाट संघमा एकिकृत माओवादीका श्याम कुमार श्रेष्ठ निर्वाचित भएको रामेछापको प्रदेश क मा एमालेका शान्ति प्रसाद पौडेल र प्रदेश ख मा पनि एमालेकै कैलाश ढुँगेल निर्वाचित भएका थिए । यस पटक परिस्थिति उल्टिएको छ । पहिला काँग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने अहिले एमाले एक्लै निर्वाचनको मैदानमा होमिएको छ ।

निर्वाचन प्रयोजनका केन्द्रिय गठबन्धनमा सहमति गरेको नेकपा समाजबादी गठबन्धन बाट बाहिरिएर आफना पोलिटब्युरो सदस्य देवशंकर पौडेलको नेतृत्वमा ३ वटै सिटमा छुट्टै उमेद्वारी दर्ता गराएको छ भने नेपाली कांग्रेस नेकपा एकिकृत माओवादीले भने गठबन्धन बाट संघ र प्रदेशका लागि साझा उमेद्वारी दिएका छन् । जसमध्य संघमा नेकाका जिल्ला सभापति पुर्ण बहादुर तामाङ्क र प्रदेश क र ख गरि दुवैमा नेकपा माओवादी केन्द्रले क्रमश: संविधान सभाका सभाषद तारा नारायण श्रेष्ठ र पार्टिका पोलिटब्युरो सदस्य युवराज चौलागाईलाई साझा उमेद्वारको रुपमा चुनावि मैदानमा उतारेको छ ।

केन्दमा राप्रपा र एमाले वीच गठबन्ध भएको भनिएपनि रामेछापमा भने नेकपा एमाले र राप्रपाले एक्ला एक्लै उमेद्वारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेले संघमा पार्टिका जिल्ला ईन्चार्ज एवं पुर्व प्रदेश अर्थ मन्त्री कैलास ढुगेललाई उमेद्वार बनाएको छ । त्यसैगरि प्रदेश क र ख का लागि क्रमश: पुर्व प्रदेश मन्त्री शान्ति पौडेल र गैसस भूमिका बाट उठेका एमाले जिल्ला सदस्य मिलन घिसिङ्गलाई चुनावि मैदानमा उतारेको छ ।

त्यसैगरि राप्रपा र राप्रपा नेपाल लगायतका राजतिनिक पार्टिहरुले पनि छुट्टा छुटटै रुपमा उमेद्वारी दर्ता गराएका छन् । त्यस बाहेक अन्य साना राजनितिक पार्टि र स्वतन्त्र उमेद्वार समेत गरि संघमा २२ जना र प्रदेश सभाका लागि २५ जनाले उमेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसरि पनि निर्वाचन आफनो पक्षमा पार्ने रणनितिका साथ एमाले र मुख्य दुई ठुलादल काँग्रस र माओवादीले गठबन्धनमा उत्रिए संगै रामेछापमा चुनावि सरगर्मि बढेको छ । यि दुई पक्ष विच चुनावि प्रतिस्पर्धा हुने पक्का जस्तै भएपनि नतिजाको अहिलै आकलन गर्न नसकिने रामेछापका राजनितिक दलका नेताहरुले तर्क गरेका छन् ।

कांग्रेस र एमालेको तर्फबाट उम्मेरदवार बनेका तामाङ र ढुङगेल दुबै जना आफुले सहजै निर्वाचनको नतिजा आफ्नो पक्षमा हुनेमा बिश्वस्त छ । २०७४ सालको प्रतिनिधि सभाको नतिजा र स्थानिय तहको नतिजा हेर्ने हो भने कांग्रेस उम्मेरदवार सहजै जितको नजिक देखिन्छ । तर पार्टि भित्रको आन्तरिक बिबादका कारण बिबाद मिलाउन नसकेको अवस्थामा तामाङलाई भने सहज देखीदैन । त्यसका लागि उसका जिल्ला नेताहरुनै स्वतन्त्र उमेद्वारका रुपमा उमेद्वार बनेका छन् भने केहि नेताहरुले नेपाली काँग्रेस विपी र अन्य साना पाटिबाट उमेद्वारी दिएकाले यसको असर गटबन्धनमा स्पष्ट पर्नै अनुमान कार्यकर्ता हरुले गरेका छन् । जसमा माओवादीका नेताहरुले पनि स्वतन्त्र उमेद्वारी दिएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन बाट उम्मेदवार बनेका पुर्णबहादुर तामाङ (कान्छाराम) २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार बनेका थिए । उनि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त गठबन्धनबाट उम्मेदवार बनेका श्याम कुमार श्रेष्ठ कुशल संग सानो मतले पराजित भएका थिए ।

२०७४ सालको निर्वाचनमा सयुक्त गठबन्धनका उम्मेदवार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी बिजय भएका थिए भने नेपाली कांग्रेस बाट उम्मेरदवार बनेका पुर्णबहादुर तामाङ (कान्छाराम)ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । अहिले नेकपा माओवादी केन्द्र संग गठबन्धन हुदा नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका तामाङले निर्वाचन आफु अनुकुल हुने अनुमान गरेको कांग्रेस नेता कार्यकर्ताको भनाई छ ।

एमाले बाट उम्मेरदवार बनेका ढुङगेल आफनो अघिल्लो कार्यकाल रामेछापेली जनताको विकासका लागि सुखद भएकोले पनि आफ्नो पक्षमा पहिलाको भन्दा जनमत बढेको भन्दै आफु निर्वाचनमा सहजै जित नकाल्ने भन्दै आफ्नो जित पक्का भएको बताउदै आएका छन् ।

स्थानिय तहको निर्वाचनमा दुबै दलले १/१ नगरपालिका सहित २/२ गाउँपालिका मा जित हात पारेका छन् भने दुबै दलले २४/२४ वटा वडामा जित हात पारेका थिए । पालिका तर्फ दोरम्बा गाउँपालिकामा नेपाली कांग्रेसले उम्मेरदवारी दर्ता नगर्दा ३८ हजार ८ सय ९८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेले ४३ हजार ६ सय ९० मत प्राप्त गरेका थिए । पालिका अध्यक्षको मतलाई आधारमान्ने हो भने कांग्रेस भन्दा एमाले ४ हजार ७ सय ९२ मत बढी लिएर बसेको छ । वडा अध्यक्षको मतको आधारमा फेरी एमाले भन्दा कांग्रेस अघि छ । जिल्लाको ६४ वडाका वडा अध्यक्षको मतको आधारमा एमाले भन्दा कांग्रेस २ हजार १८ मतले अघी देखीन्छ । स्थानिय तहको निर्वाचनमा कांग्रेसका सबै वडाका वडा अध्यक्षका उम्मेरदवारहरुले ४१ हजार ५१ मत प्राप्त गरेका थिए भने एमालेका वडा अध्यक्षका उम्मेरदवारहरुले ३९ हजार ३३ मत प्राप्त गरेका थिए । माओवादीका वडा अध्यक्षहरुले २७ हजार ३९ मत प्राप्त गरेका थिए ।

कांग्रेस र मओवादीको मत एक ठाउमा राख्दा कांग्रेस उम्मेरदवार तामाङले सहजै निर्वाचनमा जित हात पर्ने अवस्था छ । कांग्रेस र मओवादीको रामेछापमा वडाअध्यक्षहरुले ६८ हजार ९० मत प्राप्त गरेका थिए भने एमालेका वडा अध्यक्षका उम्मेरदवारहरुले पाएको ३९ हजार ३३ मत र अन्य राजनितिक दल र स्वतन्त्र उम्मेरदवारले पाएको सबै मत एमाले उम्मेरदवार ढुङगेललाई दिएको अवस्थामा पनी कांग्रेस उम्मेरदवार तामाङको जित देखिन्छ । अन्य राजनितिक दल र स्वतन्त्र वडा अध्यक्षका उम्मेदवारहरुले १० हजार १ सय १९ मत प्राप्त गरेका थिए । यो मत जोड्दा पनि एमालेको ४९ हजार १ सय ५२ मत मात्र हुन आउछ । कांग्रेस र माओवादी बिच एकता भएको खण्डमा कांग्रेस उम्मेरदवरले जित्न सक्ने आँकलन गटबन्धन पक्षले गरेको भएपनि दुवै पार्टिको आन्तरिक कलह र नेकपा एसको बर्हिगमन पनि गटबन्धनका लागि फलामको च्युरा सावित हुने अनुमान विश्लेषक हरुले गरेका छन् ।

नेकपा एमालेले आफनो भित्र मिलाएर उमेद्वारी दिएको र स्वतन्त्र पनि कोहि नभएकोले त्योे पनि उसको लागि राम्रो पक्ष देखिएको भए पनि उमेद्वारी फिर्ता लिने दिन सम्म गटबन्धन भित्रका धेरै असन्तुष्टि संबोधन भईसक्ने भएको र अघल्लो निर्वाचनमा पराजय भोगेर पनि गठबन्धनका उमेद्वार कान्छारामले दर्जनौको संख्यामा सामाजीक काम गरेर जनताको मन जितेका ले यो पटक गठबन्धनका साझा उमेद्वारका लागि जित सहज हुने दावि गठबन्धन पक्षको रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...