रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

२५ भाद्र २०८२, बुधबार


मन्थली–रामेछापमा जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनबाट क्षति हुन नदिन मन्थलीमा गएराति १० बजेदेखि लगाइएको कफ्र्यू हटाइ सुरक्षा अवस्थाको मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्मको लागि जिल्लाभार निषेधाज्ञा जारी गरिएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निषेधाज्ञा परिपालना गरी धैर्य रहन नागरिकलाई अनुरोध गरेका छन् । उनका अनुसार निषेधाज्ञामा प्रदर्शन, जुलुस, हुल दङ्गा र ५ (पाँच) जना भन्दा बढि व्यक्तिहरु भेला हुन पाउने छैनन् । निषेधाज्ञाको पुर्ण पालना गराउन सबै सुरक्षाकर्मीहरको परिचालन भएका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
निषेधाज्ञा जिल्लाका सबै पालिका रहेको स्थान र वडा कार्यालय रहेका स्थानहरुमा लागू भएको छ । त्यसैगरी मन्थली नगरपालिकाको वडा नं. २ आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिका वीचको सुकाजोर खोला पुल (बिटारसम्म ), मन्थली खुर्कोट सडक खण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदनआश्रित चोक हुँदै सानीमदौ सिटिइभिटिइ सम्म, मन्थली नगरपालिका वडा नं. १ का सबै क्षेत्र र रामेछाप नगरपालिका वडा नं. ८ भंगेरी देखि गौरीशंकर मा.वि. तथा रामेछाप अस्पताल क्षेत्रसम्ममा निषेधाज्ञा लागू गरिएको छ ।

Intel(R) JPEG Library, version [2.0.18.50]

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...