रामेछापमा कोरोना भ्याक्सीनमा चरम अनियमितता

Written by meropradesh creator

२८ जेष्ठ २०७८, शुक्रबार

रामेछाप । सरकारले ६२ वर्षदेखि ६४ उमेर समुहका जेष्ठ नागरीकहरूका लागि ल्याएको कोरोेना विरूद्धको खोप रामेछापमा चरम दुरूपयोग भएको छ ।
यसरी कोरोना खोप दुरूपयोग गर्नेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगाएत प्राय सवैजसो गाउँपालिका रहेको बुझिएको छ । जेठ २६ र २७ गतेका लागि स्वास्थ्य मन्त्रालयले उपत्यका वाहिर ६२ वर्षदेखी ६४ उमेर समुहका जेष्ठ नागरिकहरूका लागि लक्षित गरी पठाएको भ्याक्सीन रामेछापमा नगर र पालिकाका स्वास्थ्य प्रमुखहरूकै निर्देशनमा दुरूपयोग भएको श्रोतको दावी छ ।
श्रोतका अनुसार रामेछाप नगरपालिका स्वास्थ्य शाखा र मन्थली स्वास्थ्य शाखाले ६२÷६४ वर्ष उमेर समुहका नाममा स्वास्थ्यकर्मी निकट र आफन्त तथा रामेछाप नगरपालिका वडा नं ६ मा रहेका शिक्षकहरूले कोभिड विरूद्धको भेरोशेल खोप लगाएको प्रमाण बाहिर आइसकेपछि अनियमितता प्रकरण बाहिर आएको हो ।


उक्त वडामा वडा अध्यक्षकै निर्देशनमा शिक्षक तथा त्यस वडाका पहुँचवालाहरूले खोपको दुरूपयोग गरेका छन् । यसरी सरकारी निर्देशन र मापदण्ड विपरित संस्थागत समन्वय विना शिक्षक र पहुँचवालाहरूले खोप लगाएर खोपको दुरूपयोग गराएको भन्ने सम्वन्धमा रामेछाप नगर शिक्षक महासंघका अध्यक्ष नारायणप्रसाद घिमिरेले ठाडै प्रतिवाद गरे । उनले भने– पालिकाले गरेको यस खालको अनियमितता प्रति महासंघको गम्भिर आपत्ति रहेको छ । हैन भने शिक्षकका नाममा राज्यले विभेद गरेर कसैलाई लाखा र कसैलाई पाखा लगाउँनु ठिक हैन ।
यस सम्वन्धमा रामेछाप नगर स्वास्थ्य प्रमुख विष्णु कार्कीले खोपको दुरूपयोग नभएको दावी गर्दै कतिपय वडाहरूमा निर्धारित उमेर समुहका मानिसहरू उपस्थित नभएकाले खोप नष्ट हुनसक्ने भन्दै आफुहरूले अन्य उमेर समुहका मानिसहरूलाई खोप लगाएको जानकारी नगरलाई गराएको बताए । यसवारेमा नगरले सम्वन्धित वडा अध्यक्ष र त्यहाँको वडा स्वास्थ्य प्रमुखहरूकै रोहवरमा खोप बुझाएकाले यसमा नगरको कुनै पनि दोष नरहेको उनको दावी छ ।


कोरोना महामारीको कारण मुलुक आक्रान्त भइरहेको बेला सरकारले निश्चित उमेर समुह किटान गरि जेष्ठ नागरिकहरूको लागि किटान गरेको खोप सम्वन्धीत पक्षवाटै दुरूपयोग भएको आरोप सरोकारवालाहरूले लगाएका छन् । रामेछाप स्वास्थ्य केन्द्रवाट खोप लगाउनेहरूमा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सत्ताशिन नेकपा एमाले र अन्य पार्टीका समेत नगरस्तरीय नेताहरू र नगर शिक्षक महासंघका पदाधिकारीहरू समेत रहेका छन् ।


त्यसैगरी मन्थली नगरपालिकामा सरकारी सूचनाका आधारमा खोप लगाउन पुगेका मन्थली नगरपालिका वडा नं ३ का ६४ वर्षिय मोहन वहादुर थापा दिनभरी मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा खोपको प्रतिक्षामा बसेर खोप नलगाई फर्किएको गुनासो गर्छन् । उनले आफुसँगै लाइनमा बसेका आफु भन्दा कान्छा र जेठो उमेरका दुवै थरीका जेष्ठ नागरिहरूले पहुँचको आधारमा खोप लगाएका र आफ्नो भने कुनै पनि आधार नभएकाले दिउँसभरी मन्थलीको तातो घाम कुरेर खोप नै नलगाई फर्कनु परेको पनि थापाको बताए ।
यसरी खोप लगाउनेहरूमा स्वास्थ्यकर्मीका आफन्त, नागरिक समाजका अगुवा, राजनितिक कार्यकर्ता, पहुँचवालाहरू र कोरोना संक्रमण भएको चार हप्ता पुरा नभएका व्यक्तिहरू समेत रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र श्रोतले वतायो । श्रोतका अनुसार खोपको चरम दुरूपयोग हुँदाहुँदै पनि आफुहरू टुलुटुलु हेर्न वाध्य हुनुपरेको थियो ।


दुई नगरपालिका वाहेक अन्य गाउँपालिकामा पठाएको खोप पनि मापदण्ड भित्रका नागरिकहरू उपस्थित नभएको भन्दै त्यहाँका स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरूको नजिक र आसपासका नागरिकहरूलाई खोप लगाएको बताइएको छ । त्यसवाहेक यसपटक सरकारी मापदण्ड भित्र नपरेका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरूले समेत खोप लगाएका छन् ।
तर प्रहरी श्रोतले भने– नेपाल प्रहरीले ७९, शसस्त्र प्रहरीले २६ र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी ८ जनाले मात्र खोप लगाएको दावी गरेको छ । उसका अनुसार नेपाल प्रहरीका लागि १ सय ६४, शसस्त्र प्रहरीको लागि ४० र जिल्लाका संचारकर्मीहरूका लागि २० गरि २ सय २४ भ्याक्सिन मन्थलीका लागि आएको थियो । जसमा प्रहरी फोर्सले १ सय १५ ले मात्र लगाएको थियो भने सञ्चारकर्मीले कसैले पनि खोप लगाउन पाएनन् ।


तर मन्थली नगर स्वास्थ्य कार्यालयले भने सबै खोप ६२–६४ वर्षका जेष्ठ नागरिकहरूले लगाउनु पर्नेमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले जर्वजस्त रूपमा लगाएको दावी गरेको छ । खोपको अनियमितताको सम्वन्धमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापसँग सम्र्पक गर्दा जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्यालयले सम्वन्धीत पालिकालाई सरकारी मापदण्ड अनुसार खोप लगाउन निर्देशन जारी गरेको थियो । सोही आधारमा कार्यालयले रामेछाप नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक ४ सय ५० भायल खोप पठाएको बताए ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकालाई २ सय, उमाकुण्ड गाउँपालिकालाई २ सय, सुनापति गाउँपालिकलाई १ सय ५०, दोरम्वा गाउँपालिकालाई १ सय २५, खाँडादेवी गाउँपालिकालाई १ सय ३०, लिखु तामाकोशी गाउँपालिकालाई १ सय ३० र मन्थली नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक १ सय ५० भायल पठाएको भए पनि कतीपय पालिका र वडाहरूमा खोपको दुरूपयोग भएको सूचना कार्यालयलाई प्राप्त भएको थापाले वताए ।


उनले जिल्ला स्वास्थ्य कार्यालयले मध्यस्तकर्ता मात्र भएको र सबै खोप केन्द्रवाट खोपको विवरण प्राप्त नभएकाले आधिकारीक रूपमा यसैे भन्न नसक्ने अवस्था भएको बताए । यदी खोपको दुरूपयोग भएको हो भने सम्वन्धीत पालिकाको स्वास्थ्य शाखाका पदाधिकारीकै जिम्मामा हुने बताए । यसवाहेक कार्यालयलाई राजनितिक रूपमा पनि खोपको लागि व्यापक दवाव आएको गुनासो पनि थापाले गरे ।
खोप अनियमितता र प्रहरीले पनि खोप प्रयोग गरेको सम्वन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले ६२÷६४ उमेर समुहका जिल्लामा करिव २ हजार ६ सय मात्रै जेष्ठ नागरिक भएको र बाँकी रहेको खोप सुरक्षाकर्मीहरूलाई र संञ्चारकर्मीहरूलाई क्रमशः दिने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताए ।
उनले आफुले अनियमितता भएको भन्ने सूचना पाएपछि प्राप्त खोपको विवरण खपत खोप र उमेर समुहका नागरिकहरूको संख्याको वारेमा आजै जिल्ला प्रशासन कार्यालयमा विबरण पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...