रामेछापमा काँग्रेसले सरकार बिरुद्ध बृहत बिरोध प्रर्दशन गर्ने

Written by meropradesh creator

२८ मंसिर २०७७, आईतवार

रामेछाप–२८ मंसिर ।
रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले वर्तमान कम्युनिष्ट सरकार अधिनायकबादी चिन्तन र व्यवहारमा लिप्त भएको भन्दै त्यसको बिरुद्धमा रामेछापको सदरमुकाम मन्थलीमा मंसिर २९ गते मंगलवार हुने बिरोध प्रर्दशनमा सहभागी हुन सबै जिल्लाबासिमा आग्रह गरेको छ ।
अहिलेको बर्तमान कम्युनिष्ट सरकारले निरन्तर रुममा दमनको प्रतिक, भ्रष्टाचारको पर्यावाची र कोभिड–१९ को नियन्त्रण र रोकथाममा पूर्ण रुपमा असफल भएको, भ्रष्टाचारमा लिप्त भएको निष्र्कष निकाल्दै नेपाली काँग्रेसले सरकार विरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो । काँग्रेसले सडक देखी सदनसम्म सरकार विरुद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।
कम्युनिष्ट सरकारले यहीँ मसिर १७ गते नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र जिल्लाका नेताहरु माथि गरेको दमनकारी व्यवहार, देशका विभिन्न भागमा पटक–पटक सरकारवाट प्रस्तुत बिभेद, पक्षपात र सर्वसत्तावादी प्रबृद्धि, कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता साथै स्वास्थ्य सामाग्री खरिदमा गरिएको भ्रष्टचार र बेथितीको बिरुद्धमा नेपाली काँग्रेसले देशभर एकसाथ विरोध कार्यक्रम गरी सरकारलाई दबाब सिर्जन गर्न लागेको नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापका पार्टी सभापति लवश्री न्यौपानले जानकारी दिए ।
उनले भने– सरकार विरुद्ध हुन लागेको विरोध कार्यक्रममा पार्टीका नेता, भातृ संघसंघठनका नेता तथा पदाधिकारीहरु, पार्टीका कार्यकर्ताहरु, शुभचिन्तकहरु लगाएतका सवै महानुभावहरुलाई उक्त कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दछु ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...