रामेछापमा कागती खेती गर्ने बढे

Written by meropradesh creator

२३ पुष २०७७, बिहीबार

रामेछाप । मूल्य राम्रो आउन थालेपछि रामेछापका कागती खेती गर्ने किसान बढ्दै गएका छन् । परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतन सँगै समयमा वालिनाली लगाउन नपाउने र लगाएको वालीहरु समेत विभिन्न रोगको संक्रमण भएर उत्पादन कम भएसँगै त्यसको विकल्पको खेती गर्न थालेका छन् । पछिल्लो समय कागतीको माग गाउँघर र वजारमा समेत बृद्धि भएसँगै किसानहरु कागती खेती तर्फ लागेको हुन् ।
रामेछापमा केही वर्षअघिसम्म गाउँमा उत्पादन भएको कागती विक्री नभएर हैरानी खेप्दै आएका किसानहरुको समस्या टरेको छ । अहिले किसानहरुले उत्पादन गरेको कागती गाउँमै राम्रो मूल्यमा विक्री हुन थालेपछि किसानहरु यसखेती तर्फ थप आकर्षित भएका हुन् । गाउँमा उत्पादन भएको कागती विक्री नहुँदा किसानहरुले कागतीको रस निचारेर चुक अमिलो पारेर राख्ने गरेका थिए ।
पहिलाको समस्या अहिले हटेको छ । कागती फल्नासाथ किसानहरुको घरमै पुगेर व्यवसायीहरुले खरिद गर्न थालेका छन् । कागती प्रति गोटा ६ देखी ७ रुपैयासम्म गाउँघरमै विक्री हुन थालेपछि किसानहरु यस खेतीलाई थप व्यवसायिक रुपमा शुरु गरेको रामेछाप नगरपालिका वडा नं–७ का किसान रविन्द्र हायुले वताए ।
बजारमा माग अनुसारको कागती जिल्लामा उत्पादन नहुँदा व्यवसायीहरुले तराई र वाह्य जिल्लावाट आयात गर्नुपर्ने वाध्यता थियो । आयातित कागती जिल्लामा उत्पादन भएको भन्दा दाना सानो हुने र रस समेत कम हुने तर पैसा धेरै पर्ने गर्दथ्यो । तर अहिले किसानहरुले कागती उत्पादन गर्न थालेपछि दाना पनि ठूलो हुने वढी रस हुने हुँदा व्यवसायीहरुले किसानको खेतवारीमै पुगेर खरिद गर्ने गरेका छन् ।
परम्परागत रुपमा घरवरपर १÷२ वोट कागती रोपेर आफ्नो परिवारलाई मात्रै पुग्ने गरी लगाउँदै आएका किसानहरु अहिले कागती विक्रीवाट राम्रो आम्दानी हुन थालेपछि व्यवसायीक रुपमा खेती गर्न थालेको मन्थली नगरपालिका वडा नं–१३ का किसान ओमकार अधिकारीले जानकारी दिए ।
उनले भने–व्यवसायीहरुको माग अनुसारको कागती हामीले उत्पादन गर्न सकेका छैनौं । कागतीको माग धेरै छ । हामी यसलाई थप विस्तार गरी उत्पादन समेत वढाउने योजनामा लागि परेको पनि कृषक अधिकारीले वताए ।
वजारमा माग अनुसारको कागतीको दाना किसानहरुले उत्पादन गर्न नसक्दा व्यवसायीहरुले विभिन्न वाह्य जिल्लावाट आयात गर्ने गरेका छन् । किसानहरुले व्यवसायीले खोजेजति कागती जिल्लामा नै उत्पादन गर्न सके वजारको समस्या नरहेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...