रामेछाप । रामेछापको जनसंख्यामा महिलाको संख्या बढी देखिएको छ भने मतदातामा पुरुषको संख्या बढी देखीएको छ । केन्द्रीय तथ्याङक विभागले सार्वजनीक गरेको प्रारम्भिक तथ्याङक अनुसार रामेछापमा महिलाको संख्या ८९ हजार ८ सय ४२ रहेको छ भने पुरुषको जनसंख्या ८० हजार ७ सय ७८ जना मात्र रहेको छ । त्यसैगरी मतदातामा महिलाको संख्या ८७ हजार ४ सय ५५ रहेका छन् भने पुरुषको संख्या ९० हजार ४ सय ६१ रहेको छ । जनसंख्यामा महिला पुरुष भन्दा ९ हजार ६४ जना बढी रहेका छन् भने मतदातामा महिला भन्दा पुरुष ३ हजार ६ जना बढी देखीएको छ । जिल्लाको मात्र नभएर समग्र स्थानिय तहहरुमा मतदाता पुरुष बढी देखीएको छ भने जनसंख्यामा महिला बढी देखीएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









