रामेछापमा जग्गा प्राप्तीको लागि भूमिहिनको निवेदन परेनन्

Written by meropradesh creator

२१ माघ २०७७, बुधबार

रामेछाप । भूमि सम्वन्धी समस्या समाधान आयोगले रामेछापका भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तीको लागि ३५ दिन भित्र आ–आफ्नो स्थानिय तहमा निवेदन दिन सूचना प्रकाशन गरेता पनि रामेछापमा बुधबारसम्म एकजनाले पनि निवेदन दिएका छैनन् ।
रामेछापको २ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानियतहमा कसैले पनि निवेदन नदिएको स्थानिय तहहरुले बताएका छन् । यसअघि पनि भूमिहिन भएमा स्थानिय तहमा आवेदन दिन सूचना टाँस गर्दा पनि मन्थली नगरपालिकामा एकजना पनि भूमिहिनले निवेदन पेश नगरेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
जिल्लाको ८ वटै स्थानिय तहहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरि बसोवास गरेका धेरै व्यक्तिहरु भएता पनि उनीहरुले समेत जग्गा प्राप्तीको लागि निवेदन दिएका छैनन् । भूमि सम्वन्धी समस्या आयोगले भूमिहिनहरुले जग्गा प्राप्त गर्नको लागि आयोगले तोकिएको ढाँचामा निवेदन फाराम भरी फाराममा उल्लेखित बिवरणलाई पुस्टयाई हुने कागजात समेत स्थानीय तहहरुमा बुझाउन आग्रह गरेको छ । त्यस्तै आयोगले लगत संङकलनको लागि खटिएका व्यक्ति वा सम्वन्धित वडा कार्यालयमा गएर जग्गा प्राप्तीको निवेदन पेश गर्न सकिने जनाएको छ ।
सरकारले ७७ वटै जिल्लामा भूमि सम्वन्धी समस्या समाधान गरी भूमिहिन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुलाई जग्गा उपलव्ध गराउन जिल्ला समिति समेत गठन गरेको छ । मन्त्रलायको सिफारिसमा माघ १५ गतेको मन्त्रीपरिषद्को बैठकले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्ती गरेको हो ।
आयोगले भूमिसम्वन्धी समस्या समाधान गर्न रामेछापको संयोजकमा तुलप्रसाद कडेँल र सदस्यहरुमा गंगादेवी कार्की र भोजराज कडेरीयालाई नियुक्त गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...