रामेछाप । रामेछापमा उमाकुण्ड गाउँपालिका वडा १ गुम्देल बाट मतगणना शुरु भएको छ । जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश सभा क अन्र्तगत उमाकुण्ड गाउँपालिकाको गुम्देल बाट मतगणना शुरु भएको हो । प्रत्यक्ष र समानुपातिक तर्फ संघ र प्रदेशको एकै पटक मतगणना शुरु भएको छ । गुम्देलको उमातीर्थ आ.वि क्यामा १ सय ६० , माहालङ्गुर मावि गुम्देल ६ सय ४० गरी ८ सय मत गणना गर्न शुरु भएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...