रामेछापमा घन्किएको नारा–“सहि पनि एमाले मै पनि एमाले”

Written by meropradesh creator

२४ फाल्गुन २०७७, सोमबार

रामेछाप । सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युताउने गरि आइतवार गरेको फैसलाको खुशियालीमा जिल्ला सदरमुकाम मन्थलीमा “सहि पनि एमाले मै पनि एमाले” भन्ने गीत घन्काएर नेकपा एमाले निकट विद्यार्थी संघसंगठनहरुले खुशीयालि मनाएका छन् ।
सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ रामेछापले आइतवार साँझ सदरमुकाम मन्थलीको देवकोटा चोकमा दिप प्रज्वलनन गरि एक आपसमा खुशि साटासाट गरे । अदालतले गरेको फैसलाको खुशीयालिमा युवायुवतीहरु जम्मा भएर नाचगान समेत गर्न भ्याए । कार्यक्रममा सहभागीहरुले “सहि पनि एमाले मै पनि एमाले” भन्ने गीत घन्काएर नाराबाजी सँगै नाचगान गर्दै रमाइलो गरे ।
लामो समयदेखी सर्वोच्च अदालतमा बिचारानाधिन रहेको नेकपा कस्को भन्ने फैसला सर्वोच्च अदालतले आइतवार गरेसँगै एमाले निकट रामेछापका युवायुुवतीहरुको मुहारमा खुशियाली छाएको हो । सर्वोच्च अदालतले नेकपा ऋषी कट्टेलले पाउने गरि फैसला गरेसँगै पूर्व नेकपा एमाले र माओवादी केन्द्र ब्युतीएका हुन् ।


सर्वोच्च अदालतले नेकपा एमाले पार्टी र कार्यकर्ताहरुको हित हुने किसिमले गरेको निर्णयको स्वागत गर्दै सदरमुकाम मन्थलीको देवकोटा चोकमा सूर्य चिन्ह बनाएर सो चिन्हको वरीपरी दिप प्रज्वलनन् गरेर पार्टीका कार्यकर्ताहरु बिच एकआपसमा खुशी साटासाट गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सोनु रोका क्षेत्रीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...