रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानिमा नेकपा एकिकृत समाजवादीले खाता खोल्न सफल भएको छ । समाजवादीले नेकपा एमालेका उम्मेदवार गणेश कार्कीलाई २५ मत अन्तरले पराजित गर्दै नेकपा एकिकृत समाजवादीले जित हात पारेको छ । नेकपा एकिकृत समाजवादीका उम्मेदवार नबिन कार्कीले ४ सय ४४ मत ल्याएर बिजय हासिल गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी गणेश कार्कीले ४ सय १९ मत पाएको छ ।