रामेछाप । रामेछापमा कोरोना परीक्षण गर्ने क्रममा एकैदिन १ सय ८० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
सोमवार आएको रिर्पोट अनुसार मन्थली नगरपालिकामा ६९ जना, शैलङ्ग दोरम्वा गाउँपालिकामा ४५ जना र लिखु तामाकोशी गाउँपालिकामा ४३ जना रहेका छन् । त्यस्तै सुनापति गाउँपालिकामा २१ जना र उमाकुण्ड गाउँपालिकामा २ जना गरि एकैदिन १ सय ८० जना कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
उनका अनुुसार हालसम्म रामेछापमा कोरोना संक्रमितहरु मध्ये ३ सय २७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हाल जिल्लाभर ४ सय ९५ जना संक्रिय कोरोना संक्रमितहरु रहेको र उनीहरु मध्ये केहीको जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ भने धेरैजसो होम आइसोलेसनमा बसेर उपचार भइरहेको जनस्वास्थ्य अधिकृत थापाले बताए ।