रामेछापमा एकैदिन ६० जनामा कोरोना पुष्टि

Written by meropradesh creator

१६ श्रावण २०७८, शनिबार

रामेछाप । स्थानिय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाएसँगै रामेछापमा कोरोना संक्रमण हुनेको दर केहीदिन यता ह्वात्तै बढेको छ । शनिवार मात्रै रामेछापमा ६० जनामा कोरोना पुष्टि भएको छ ।

केहिदिन देखी रामेछापमा कोरोना संक्रमण दरका विरामी दैनिक २० भन्दा माथि हुने गरेका छन् । शनिवार जिल्लामा कोरोना संक्रमित हुनेहरुमा जिल्ला अस्पताल रामेछापमा ५ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना, मन्थली स्थित तामाकोशी अस्पतालमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी खाँडादेवी गाउँपालिकामा ५ जना, गोकुलगंगा गाउँपालिकामा ३ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा १ जना एन्टिजेन विधिवाट परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

त्यसैगरी पिसिआर विधिवाट कोरोना परिक्षण गर्दा मन्थली नगरपालिकामा २२ जना र रामेछाप नगरपालिकामा १६ जना गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । शनिवार ६० जना कोरोना संक्रमितको संख्या थपिएसँगै रामेछापमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ हजार ७ सय ११ जना पुगेको छ । जसमध्ये हालसम्म २ हजार ४ सय ४७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् भने कोरोनाका दोश्रो लहरमा २२ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा शनिवार (आज) १२ जनाले कोरोनालाई जितेर संक्रमित घर फर्किएका छन् । घर फर्कनेमा मन्थली नगरपालिकाका १० जना र रामेछाप नगरपालिकाका २ जनाले कोरोनालाई जितेर उनीहरु घर फर्किएका हुन् । जिल्लामा हाल २ सय ४२ जना संक्रिय कोरोना संक्रमितहरु मध्ये केही निजि अस्पताल त केही सरकारी अस्पतालको आइसोलेसनमा बसेर उपचाररत रहेका छन् भने केही संक्रमितहरु आफ्नै घरमा होमआइसोलेसनमा बसेर उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...