रामेछाप । रामेछापमा विहिवार (आज) एकैदिन ३५ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा पुस २४ गते यता कोरोना सक्रिय संक्रमितको संख्या १ सय ४८ जना पुगेको छ ।
विहिवार ४२ जनाको एन्टिजेन परीक्षण विधिवाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अहिले मन्थली नगरपालिकामा ५३ जना, रामेछाप नगरपालिकामा २४ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा २६ जना र गोकुलगंगा गाउँपालिकामा १३ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
त्यसैगरी लिखु तामाकोशी गाउँपालिकामा ९ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकामा १ जना र सुनापति गाउँपालिकामा ७ जना गरि १ सय ४० जना संक्रिय सक्रमितहरु रहेका छन् । यी सवै सक्रिय संक्रमितहरु अहिले आफ्नै घरमा होमआइसोलेसनमा बसिरहेका छन् । यसवाहेक जिल्ला अस्पताल रामेछापमा ३ जना, गोकुलगंगा गाउँपालिकामा १ जना, लिखु तामाकोशी गाउँपालिकामा ३ जना र सुनापति गाउँपालिका १ जना गरि ८ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
उनका अनुसार आज मात्रै मन्थली नगरपालिकावाट ४ जना, रामेछाप नगरपालिकावाट ३ जना, उमाकुण्ड गाउँपालिकावाट २ जना, गोकुलगंगा गाउँपालिकावाट ३ जना र लिखु तामाकोशी गाउँपालिकावाट १ जना गरि १३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । रामेछापमा कोरोना खोप लगाउन शुरु गरे यता १ लाख ११ हजार ९ सय २९ जनालाई कोरोना विरुद्धको पहिलो मात्रा र ६२ हजार ४ सय ६९ जनालाई कोरोना विरुद्धको दोश्रो मात्राको खोप लगाइसकिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले अग्रपंक्तीमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संञ्चारकर्मी, फोहोरमैला व्यवस्थापन गर्ने, एम्वुलेन्स र शब वाहन चालकलाई पनि बुष्टर डोज खोप लगाउन शुरु गरेको जनाएको छ ।