रामेछाप । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा रामेछापमा एक वडा अध्यक्ष र एक खुल्ला सदस्यले १ मतले पराजय ब्यहोर्न परेको छ ।
सुनापती गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षका उम्मेदवार रामेछाप नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका खुल्ला सदस्यका उम्मेदवारले एक मतले पराजय ब्यहोर्न परेको हो । सुनापती गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार कुङगे लामाले माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार कुल बहादुर थिङ संग एक मतले पराजय ब्यहोरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार थिङले ८ सय ३४ मत ल्याएर बिजय भए भने कांग्रेस उम्मेदवार लामाले ८ सय ३३ मत मात्र ल्याए ।
त्यसै गरी उमाकुण्ड गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका खुल्ला सदस्यका उम्मेदवार गंगा बहादुर भुजेलले नेपाली कांग्रेसका उम्मेदवार जगत बहादुर कार्कीलाई एक मतले पराजीत गरेका छन् । एमाले उम्मेदवार भुजेलले ४ सय १९ मत ल्याएर बिजय भए भने कांग्रेस उम्मेदवार कार्कीले ४ सय १८ मत पाएर पराजय ब्यहोर्न पर्यो ।