रामेछापमा दशैँभर १ सय भन्दा बढी सवारीलाई कारबाही

२२ आश्विन २०८२, बुधबार

मन्थली-जिल्ला प्रहरी कार्यालय रामेछापले दशैँको समयमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।‌दशैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १ सय ३० वटा सवारीलाई ट्राफिक नियम नमानेपछि कारबाही गरिएको हो ।

ट्राफिक प्रहरीले चाडपर्वमा दुर्घटना कम गर्न विशेष चेकजाँच अभियान चलाएको थियो। यस क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, ओभरलोड गर्ने, सिटबेल्ट र हेल्मेट प्रयोग नगर्ने लगायतका नियम तोड्ने ट्रक, बस, कार, जीप, ट्याक्टर र मोटरसाइकल कारबाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय प्रमुख सुवासचन्द्र मण्डलका अनुसार ट्राफिक नियम नमानेका सवारी साधन कारबाहीबाट १ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ । उहाँले ट्राफिक प्रहरीको उद्देश्य राजस्व संकलन गर्नु होइन दुर्घटना कम गराउनु रहेको बताउनु भयो । यसका लागि नियम परिपालना गराउने क्रममा अटेर गर्नेहरुलाई कारबाही पनि गर्ने गरिएको उहाँले बताउनु भयो ।

दशैँमा ४ सवारी दुर्घटना, २ जनाको मृत्यु

रामेछापमा दशैंको अवधिमा ४ वटा सवारी दुर्घटना भएका छन् । तथ्याङक अनुसार दुइ कारजीप र दुइ मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा २ जना पुरुष मृत्यु भएको छ, भने ९ जना सामान्य घाइते भएका थिए । घाइते हुनेमा २ बालिका, ३ महिला र ४ पुरुष थिए ।

ट्राफिक प्रहरी कार्यालय प्रमुख मण्डलले ट्राफिक नियमको पालना गरे, इन्जिनको अवस्था ठिक राखे दुर्घटनाको जोखिम शुन्य प्राय हुने बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...