रामेछापमा दर्जनौ अबैधरुपमा क्रसर उद्योग सञ्चालनमा ः प्रशासन मौन

Written by meropradesh creator

१६ पुष २०७९, शनिबार

रामेछाप । जिल्लाको सुनकोशी र तामाकोशी नदि किनारमा दर्जन भन्दा बढी क्रसर उद्योगहरु सञ्चालनमा छन् । सबै क्रसर उद्योगहरु अबैध रुपमा सञ्चालनमा रहेको छ । केहि क्रसर उद्योग भने बालुवा प्रशोधनको रुपमा सञ्चालनमा छन् । सम्बन्धीत निकाय जिल्ला प्रशासन र जिल्ला प्रहरीकार्यलय भने मौन रहेको छ । दर्जनौ क्रसर उद्योगहरु जिल्लामा सञ्चालन गरेको भएपनि सम्बन्धीत निकायहरुमा भने जानकारी समेत नभएको बताइएको छ ।

उद्योग रहेको गाउँपालिका र नगरपालिकालाई समेत जानकारी नभएको सम्बन्धीत निकायले बताएका छन् । गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने “खाँडादेवी गाउँपालिकामा मात्र लगभग एक दर्जन क्रसर उद्योग सञ्चालनमा छ । दुइवटा मात्र स्थानिय गाउँपालिकामा बालुवा प्रशोधन केन्द्रको नाममा दर्ता छ । गाउँपालिकामा कुनै पनि क्रसर उद्योग दर्ता छैन् सबै अबैध रुपमा सञ्चालनमा छ ।

क्रसर उद्योगहरु स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भएपनि आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडक मार्ग र खोला किनारबाट पाँच किमी र हाइटेन्सन लाइनबाट एक किमी दूरीमा हुनुपर्छ ।

शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्षण, घनाबस्ती र खेतीयोग्य जमिनबाट दुई किमी टाढा हुनुपर्छ । तर रामेछाप जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योगले उक्त मापदण्ड पूरा गरेका छैनन ।

बषौं देखी क्रसर उद्योगहरु वालुवा प्रशोधन केन्द्रको नाममा सञ्चालन गरेको भए पनि हाल सम्म प्रशासन कार्यलयले त्यस्को अनुगमन समेत गर्न सकेको छैन् । पैसाको धेरै चलखेल हुने र राजनितिक पहुँचको आधारमा सञ्चालन हुने भएकोले स्थानिय तह देखी प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यलय पनि मौन बस्ने गरेको छ ।

केहि दिन अघि खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रातको समयमा कोशी किनारमा बालुवा उत्खनन गरेको भटे पछी भने यो विषयले चर्चा पाउन थालेको छ । क्रसर उद्योग अनुगमानमा भने अझै सबै निकाय मौंन छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...