रामेछापमा दर्जनौ अबैधरुपमा क्रसर उद्योग सञ्चालनमा ः प्रशासन मौन

Written by meropradesh creator

१६ पुष २०७९, शनिबार

रामेछाप । जिल्लाको सुनकोशी र तामाकोशी नदि किनारमा दर्जन भन्दा बढी क्रसर उद्योगहरु सञ्चालनमा छन् । सबै क्रसर उद्योगहरु अबैध रुपमा सञ्चालनमा रहेको छ । केहि क्रसर उद्योग भने बालुवा प्रशोधनको रुपमा सञ्चालनमा छन् । सम्बन्धीत निकाय जिल्ला प्रशासन र जिल्ला प्रहरीकार्यलय भने मौन रहेको छ । दर्जनौ क्रसर उद्योगहरु जिल्लामा सञ्चालन गरेको भएपनि सम्बन्धीत निकायहरुमा भने जानकारी समेत नभएको बताइएको छ ।

उद्योग रहेको गाउँपालिका र नगरपालिकालाई समेत जानकारी नभएको सम्बन्धीत निकायले बताएका छन् । गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने “खाँडादेवी गाउँपालिकामा मात्र लगभग एक दर्जन क्रसर उद्योग सञ्चालनमा छ । दुइवटा मात्र स्थानिय गाउँपालिकामा बालुवा प्रशोधन केन्द्रको नाममा दर्ता छ । गाउँपालिकामा कुनै पनि क्रसर उद्योग दर्ता छैन् सबै अबैध रुपमा सञ्चालनमा छ ।

क्रसर उद्योगहरु स्थापना हुनुअघि पारदर्शी ढङ्गले वातावरण प्रभाव मूल्याङ्कन हुनुपर्ने भएपनि आधारभूत मापदण्ड पूरा गरेका छैनन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडक मार्ग र खोला किनारबाट पाँच किमी र हाइटेन्सन लाइनबाट एक किमी दूरीमा हुनुपर्छ ।

शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्षण, घनाबस्ती र खेतीयोग्य जमिनबाट दुई किमी टाढा हुनुपर्छ । तर रामेछाप जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योगले उक्त मापदण्ड पूरा गरेका छैनन ।

बषौं देखी क्रसर उद्योगहरु वालुवा प्रशोधन केन्द्रको नाममा सञ्चालन गरेको भए पनि हाल सम्म प्रशासन कार्यलयले त्यस्को अनुगमन समेत गर्न सकेको छैन् । पैसाको धेरै चलखेल हुने र राजनितिक पहुँचको आधारमा सञ्चालन हुने भएकोले स्थानिय तह देखी प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यलय पनि मौन बस्ने गरेको छ ।

केहि दिन अघि खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रातको समयमा कोशी किनारमा बालुवा उत्खनन गरेको भटे पछी भने यो विषयले चर्चा पाउन थालेको छ । क्रसर उद्योग अनुगमानमा भने अझै सबै निकाय मौंन छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...