रामेछापमा चार्जिङ स्टेसन नहुदा विद्युतीय गाडी सञ्चालनमा समस्या

Written by meropradesh creator

४ भाद्र २०८०, सोमबार

रामेछाप । रामेछाप जिल्लामा चार्जिङ स्टेशन नहुदा बिधुतिय सवारी साधन सञ्चालनमा समस्या देखा परेको छ । चार्जिङ स्टेशन नहुदा काठमाण्डौं बाट जिल्ला सदरमुकाम नजिक भए पनि विद्युतीय गाडीको सङ्ख्या न्युन मात्र चलेको छ । देश भर बिधुतिय सवारी साधन निकै बढेको भए पनि रामेछापमा भने कम सञ्चालनमा छ ।

 

काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थली बजार र कतिपय ग्रामीण क्षेत्र समेतबाट गरी रामेछापदेखि काठमाडौँका लागि विभिन्न यातायात सेवा समितिबाट करिब १५ वटा विद्युतीय सवारी साधन ओहोर दोहोर गर्छन् । उक्त गाडी तर्फ उपभोक्ताहरूको आकर्षण बढे सँगै ती गाडिहरेकालागि रामेछाप जिलामा चार्जिङ स्टेसन गर्ने ठाउँ नहुँदा भने गाडी व्यवसायी र यात्रीहरू समेत समस्या पर्दे आएका छन् ।

 

बिपी राजमार्गको दुई ठाउँ खुर्कोट र मुलकोटमा चार्जिङ स्टेसन निर्माण भएका छन् । उक्त राजमार्गमा भाडाका र निजी विद्युतीय सवारी साधन दैनिक सयौँको सङ्ख्यामा गुड्ने भएकाले चार्जिङ स्टेसनमा जहिल्यै पनि लामो लाइन लाग्ने पर्ने बाध्यता रहेको छ । सीमित सवारी साधन चार्जिङ हुने स्टेसनमा धेरैजसो भाडाका सवारी साधन नै लाम लाग्ने गरेका छन् ।

 

सञ्चालनका लागि कठिनाइ भोग्नु परेको यातायात व्यवसायीले गुनासो गरेका छन् । काठमाडौँमा विद्युतीय चार्ज गरेर मन्थलीका लागि छुट्ने विद्युतीय सवारी साधनले मन्थली आएर पुन चार्जिडका लागि फेरि काठमाडौँ फर्कन सक्दैनन् । त्यसका लागी रामेछापमा भने चार्ज गर्नका लागि एउटा ठाउँ पनि नभएकोले यातायात व्यवसायी र यात्रुहरूलाई समेत कठिनाइ परेको नेपाल पत्रकार महासङ्घ रामेछापका पूर्व सभापति हिमाल ढुङ्गेलले गुनासो गर्नु भयो । रामेछापको भूमिमा ‘सवारी साधन बिचमा रोकेर चार्जिङ गर्नुपर्दा यात्रुले हैरानी महसुस गर्ने गरेको सवारी चालकहरूले पनि गुनासो गरेका छन् ।

 

जिल्लामा चार्ज गर्नकोको लागि ठाउँ छैन । चार्ज गर्नका लागि राजमार्गमा पनि निश्चित मात्र स्टेसनको ब्ववस्था छ ।‘भनेको बेलामा राजमार्गको चार्जिङ स्टेसनमा पालो नपाउनु भन्ना साथ पालो नपाउँदा उपभोक्ताहरूलाई नै अझ बढी तनाव हुने गरेको यात्री हिमाल ढुङ्गेलले बताउनु भयो । त्यस बाहेक बिपी राजमार्गको साँघुरो सडक,अत्यधिक गर्मी ,गर्मी ठाउँमा लामो समय पर्खेर चार्जिङ गरुन्जेल यात्रुहरूले कुर्नु पर्दा हैरानी हुने गरेको तितो अनुभव पनि ढुङ्गेल सँग छ ।

 

राजधानी र सदरमुकाम मन्थली समेतको दुईतर्फको दुरी करिब २ सय ६० किलोमिटर हुन जान्छ । लामो सडक र यात्रु सेवाका लागि केही घुम्नुपर्दा झन्डै २ सय ७५ किलोमिटरको दूरी तय गनूँ पर्ने बाध्यता गाडीवालाहरूलाई रहेको छ । ती सबै विद्युतीय सवारीसाधनले बिपी राजमार्गमा चार्जिङ गर्ने गरेका छन् ।

 

जिल्लामा सबैभन्दा बढी यातायात सञ्चालन गर्ने पूर्व अरनिको यातायात समितिले मात्र २१ वटा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याएको छ । उक्त समितिले ५२ वटा विद्युतीय सवारी सञ्चालन गर्ने तयारी गरेको छ । भाडाका बाहेक निजी विद्युतीय सवारी साधन समेत बाक्लै आउने तर चार्जिङ स्टेसन नहुँदा हैरानी बेहोर्नु परेको छ ।

 

काठामाडौंबाट रामेछापका लागि आउने विद्युतीय सवारी सोही दिन फर्कने गरेका छन् । ‘भोलिपल्ट बिहानका लागि राख्दा ब्याट्री डाउन हुने त्रासले गाडीहरू त्यहीँ दिन पठाउने गरेका छौँ’ पूर्व अरनिको यातायात समितिका सुवास फुयाँलले भन्नु भयो ‘चार्जिङ स्टेसन भए राति चार्जिङमा राखेर बिहान विद्युतीय सवारी साधन पठाउन सकिने थियो ।’जुन सम्भावना अहिले मन्थलीमा छैन ।

 

जसलाई पूर्व अरनिको यातायात समितिले गम्भीरताका साथ लिएको अध्यक्ष केदार क्षेत्रीले बताउनु भयो । रामेछापमा हालसम्म एउटा पनि चार्जिङ स्टेसन नभएको कुराको अनुभूति गरेर हमिले चाँडै नै मन्थली आसपासको क्षेत्रमा चार्जिङ स्टेसन निर्माण गर्ने व्यवस्था मिलान लागेको पनि अध्यक्ष केदार क्षेत्रीले बताउनु भयो । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा हामीले आफ्नै चार्जिङ स्टेसन र पार्किङको व्यवस्था मिलाउनका लागि जग्गाको खोजी भइरहेको र त्यसले औपचारिक रूपमा पूर्णता पाउन भने लागेको जानकारी पनि क्षेत्रीले गराउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...