रामेछापमा बलियो बन्दै लोकतान्त्रिक –वाम गठबन्धन

Written by meropradesh creator

१५ कार्तिक २०७९, मंगलवार

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको महायज्ञमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन दलका उम्मेदवारहरु अझ बलियो बन्दै गएका छन् । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै ति दलहरुमा केहि समस्या देखिएको भएपनि अहिले सवै मिलेको गठबन्धन दलका नेताहरुले बताएका छन् । आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुइ ठुला दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्जार्च एवं केन्द्रिय सदस्य श्यामकुमार श्रेष्ठले बताउनु भयो ।

यस अगाडि निर्वाचनको घरदैलो कार्यक्रममा नदेखिएका नेता तथा कार्यकर्ताहरु समेत अहिले नागरीकहरुको घर घरमा मत माग्न पुगेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । अहिले काँग्रेस र माओवादी केन्द्रका सवै एक भएर घरदैलो गर्दै हिडेको नेपाली काँग्रेस रामेछापका सभापति एवं उक्त पार्टीबाट संघिय सांसदका लागि उम्मेदवार बनेका पूर्णबहादुर तामाङ्ग (कान्छाराम ) ले बताउनु भयो । गठवन्धन दल भित्रको एकतासंगै अहिले संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ( कान्छाराम ) र प्रदेश सभातर्फ प्रदेश सभा १ मा तारानारायण श्रेष्ठ र प्रदेश सभा २ मा युवराज चौंलागाईंले अन्य उम्मेदवारलाई धेरै पछाडि पारेका छन् । निर्वाचनको दौडमा लोकतान्त्रिक वाम गठबन्धन निकै आगाडि रहेको ति दलका नेताहरुको दावी छ ।

सामाजिक कामले राजनितिमा स्थापित भएका नेपाली काँग्रेसका संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ०७४ सालको आम निर्वाचनमा समेत संघिय संसदका लागि झिनो मतले पराजित भएका थिए । त्यतिवेला एमाले र माओवादीको गठवन्धन हुँदा समेत थोरै मतको अन्तरले पराजित तामाङ्ग अहिले ६० हजार भन्दा बढी मत ल्याएर विजयी हुनेमा विश्वस्त छन् । उनले आफ्ना प्रतिस्पर्धि एमालेका कैलाश प्रसाद ढुंगेललाई आधा भन्दा बढी मतले पछाडि पार्ने दावी गरे । यद्यपी एमालेका उम्मेदवार कैलाश ढुंगेल पनि चुनावी मैदानमा कस्सिएर लागेका छन् । प्रदेश सभा १ मा पनि माओवादी केन्द्रका तारानाराण श्रेष्ठ र प्रदेश सभा २ मा माओवादी केन्द्रका युवराज चौंलागाई पनि एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलन घिसिङ्ग भन्दा निकै आगाडि भएको गठबन्धन दलको दावी रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...