रामेछापमा बलियो बन्दै लोकतान्त्रिक –वाम गठबन्धन

Written by meropradesh creator

१५ कार्तिक २०७९, मंगलवार

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको महायज्ञमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन दलका उम्मेदवारहरु अझ बलियो बन्दै गएका छन् । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै ति दलहरुमा केहि समस्या देखिएको भएपनि अहिले सवै मिलेको गठबन्धन दलका नेताहरुले बताएका छन् । आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुइ ठुला दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्जार्च एवं केन्द्रिय सदस्य श्यामकुमार श्रेष्ठले बताउनु भयो ।

यस अगाडि निर्वाचनको घरदैलो कार्यक्रममा नदेखिएका नेता तथा कार्यकर्ताहरु समेत अहिले नागरीकहरुको घर घरमा मत माग्न पुगेको नेपाली काँग्रेस रामेछापले जनाएको छ । अहिले काँग्रेस र माओवादी केन्द्रका सवै एक भएर घरदैलो गर्दै हिडेको नेपाली काँग्रेस रामेछापका सभापति एवं उक्त पार्टीबाट संघिय सांसदका लागि उम्मेदवार बनेका पूर्णबहादुर तामाङ्ग (कान्छाराम ) ले बताउनु भयो । गठवन्धन दल भित्रको एकतासंगै अहिले संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ( कान्छाराम ) र प्रदेश सभातर्फ प्रदेश सभा १ मा तारानारायण श्रेष्ठ र प्रदेश सभा २ मा युवराज चौंलागाईंले अन्य उम्मेदवारलाई धेरै पछाडि पारेका छन् । निर्वाचनको दौडमा लोकतान्त्रिक वाम गठबन्धन निकै आगाडि रहेको ति दलका नेताहरुको दावी छ ।

सामाजिक कामले राजनितिमा स्थापित भएका नेपाली काँग्रेसका संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ०७४ सालको आम निर्वाचनमा समेत संघिय संसदका लागि झिनो मतले पराजित भएका थिए । त्यतिवेला एमाले र माओवादीको गठवन्धन हुँदा समेत थोरै मतको अन्तरले पराजित तामाङ्ग अहिले ६० हजार भन्दा बढी मत ल्याएर विजयी हुनेमा विश्वस्त छन् । उनले आफ्ना प्रतिस्पर्धि एमालेका कैलाश प्रसाद ढुंगेललाई आधा भन्दा बढी मतले पछाडि पार्ने दावी गरे । यद्यपी एमालेका उम्मेदवार कैलाश ढुंगेल पनि चुनावी मैदानमा कस्सिएर लागेका छन् । प्रदेश सभा १ मा पनि माओवादी केन्द्रका तारानाराण श्रेष्ठ र प्रदेश सभा २ मा माओवादी केन्द्रका युवराज चौंलागाई पनि एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलन घिसिङ्ग भन्दा निकै आगाडि भएको गठबन्धन दलको दावी रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...