रामेछापमा बिहानै देखि बर्षा, सचेत रहन आग्रह

१८ आश्विन २०८२, शनिबार

मन्थली -रामेछापमा शनिबार पनि बिहानैदेखि मेघगर्जन सहित वर्षा भइरहेको छ। दशैँको रमझम नसकिदैँ जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार यहाँ बर्षा भइरहेको हो ।‌ बाढी पहिरोको खतरा बढ्ने गरी मौसम असामान्य बनेपछि दशैँ, दशा बन्ने चिन्ता बढेको छ ।

यद्यपि व्यापक पूर्वसूचना र तयारीका कारण कुनै मानवीय क्षति हुने सम्मका घटना नहुने विश्वास गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै भारी बर्षा हुने र विपत्ति निम्तिने खतरा रहेकोले सबैलाई सतर्क हुन आग्रह गरेको छ ।

महान चाड दशैँ घमाइलो र रमाइलो हुने अपेक्षा गरेका सर्वसाधारणलाई बर्षाले खल्लो बनाएको छ । ससुराली, मावली, माइत तथा आफन्तकोमा टिका थाप्न जान समस्या भएको छ । बर्षा छिटै रोकिएला र आफन्तकोमा जाउला भनेर धरै जना त धैर्य, सचेत र सुरक्षित भएर बसिरहेका छन् । यसरी नै सबै जना सचेत र सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी श्याम थापाले आग्रह गर्नु भएको छ । उहाँले कहिँकतै बर्षाजन्य घटना भइहालेमा तत्काल खबर गर्न र उद्दार एवं राहतमा जुट्नका लागि सहयोग गर्न अनुरोध गर्नु भएको छ । जीवन रहे चाड त अर्को वर्ष पनि आउँछ तर जीवन फर्केर आउदैन । त्यसैले कुनै हेलचेक्राँइ नगरी सर्तक रहन उहाले भन्नु भयो ।

उहाँका अनुसार जिल्ला विपत व्यवस्थापन समिति र पालिकाका स्थानीय विपत व्यवस्थापन समितिहरु बर्षाजन्य विपतको प्रति कार्यका लागि तयार रहेका छन् । अघिल्ला बर्षको दशैँ अघि पनि यस्तै बर्षा भएको थियो । तर पर्याप्त सूचना र तयारिको अभाका कारण देशले ठूलो क्षति बेहोर्नु परेको थियो । यो बर्षा यस्तो नहोस् हामी पनि यहि कामना गर्दछौँ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...