रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीमा गएराती बाबु र छोरा बिच खुकुरी हानाहान भएको छ ।
मादक पदार्थ सेवन गरेर घरायसी विवाद निकाले पछि सोही विवाद बढ्दै जाँदा बाबु छोरा बिच खुकुरी हानाहान भएको हो । मादक पदार्थ सेवन गरेका ४५ बर्षिय बाबु केशर बिकले उनका १६वर्षिय छोरा बिनोद बिक लाई खुकुरी हानेका थिए । बाबुले बिनाकारण विवाद निकालेर खुकुरी हानेपछि छोरा बिनोदले पनि बाबुलाई खुकुरी हानेका थिए ।
खुकुरी प्रहारबाट दुवै जना घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार गरेर घर फर्किएका छन् । खुकुरी प्रहारबाट बाबु केशरको नाकमा र छोरा बिनोदको पेटमा चोट लागेको प्रहरी चौकी रामेछाप डाँडाले जनाएको छ ।