रामेछापमा असार १५ गतेसम्म निषेधाज्ञा थपियो

Written by meropradesh creator

८ असार २०७८, मंगलवार

रामेछाप । जिल्ला स्तरीय कोभिड–१९ संङ्कट व्यवस्थापन केन्द्र रामेछापको मङ्गलवार बसेको बैठकले यस अघि गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै आगामी असार १५ गते मध्यरात १२ वजेसम्म निषेधाज्ञा थप गरेको छ ।

जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो । बैठकले भोली बुधवारवाट स्वास्थ्य सुरक्षाकोे मापदण्ड अपनाएर रेष्टुरेन्ट, खाजाघर, चियापसल र होटल समेत खुल्न दिने निर्णय गरेको   हो ।

त्यसैगरी बैठकले पशुपंक्षीका दाना, तरकारी, खाद्यसामाग्री, फलफूल, माछा, मासु, ग्याँस, पानी, पेट्रोलपम्प, रेष्टुरेन्ट, खाजाघर, चियापसल र होटल, निमार्ण सामाग्री विक्रीवितरण, पाठ्यपुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगाएतका पसलहरु स्वास्थ्य सुरक्षा पूर्णरुपमा पालना गरि अर्को सूचना नभएसम्म प्रत्येक दिन विहान ५ वजेदेखी दिउँसो ३ वजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

त्यस्तै रामेछापमा रहेका बैंक तथा वित्तिय संस्थाहरु दैनिक रुपमा बिहान १० वजे खुल्ने र दिउँसो ३ वजेसम्म सञ्चालन गर्न पाउने छन् । यसैगरी दूधजन्य डेरी पसलहरु, सवारी मर्मत वर्कसप प्रत्येक दिन विहान ५ वजे खुल्ने र साँझ ५ वजे बन्द गनुपर्ने निर्णय गरिएको जिल्ला स्तरीय कोभिड–१९ संङ्कट व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ ।


बैठकले यसवाहेकका जिल्ला भित्रका सवै शैक्षिक संस्थावाट हुने पठनपाठन, परीक्षा, प्रशिक्षण, तालीम, गोष्ठी, मेला महोत्सव, हाटवजार, जात्रा, पर्व, खेलकुद, स्वीमीङ पुल, सपिङ महल, मनोरञ्जन स्थल, फुडसल, हेल्थक्लव, जिमखाना, पुस्ताकालय, पार्टी प्यालेस, सैलुन र व्युटिपार्लर लगायतका व्यवासयहरुमा भने पूर्णरुपमा रोक लगाएको छ ।

त्यसैगरी बैठकले जिल्लाका अधिकासं सरकारी कार्यालय र सार्वजनिक निकायहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरी आलोपालो प्रणालीवाट कार्यालय खोली नागरिकहरुलाई सेवा प्रदान गर्नुपर्ने निर्णय समेत गरेको छ । त्यस्तै वैठकले थप भएको निषेधाज्ञाको समयमा अत्यावश्यक काम नभई घरवाट निस्कन, हिड्डुल गर्न साथै जिल्ला भित्र छोटो तथा लामो दुरीमा चल्ने सवै सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...