रामेछापमा अब कडाइको साथ नियमित बजार अनुगमन

Written by meropradesh creator

१८ भाद्र २०७८, शुक्रबार

रामेछाप । रामेछापमा अब नियमित बजार अनुगमन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जिल्लामा रहेका सबै साना तथा ठुला बजारहरुको अनुगमन गर्ने भएको हो । बिहिबार बसेको जिल्ला अनुगमन समितिको बैठकले जिल्लामा रहेको सबै बजार क्षेत्रको अनुगमन कडाइको साथ गर्ने निर्णय गरेको हो । सदरमुकाममा रहेको मन्थली बजार सहित तिन दर्जन भन्दा बढी बजारहरुको कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सम्बन्धीत स्थानिय तह, करदाता सेवा कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ र उपभोक्ता संरक्षण मञ्च सहित जिल्ला प्रशासन कार्यलय रामेछाप र घरेलु तथा साना उद्योग कार्यालय रामेछापले बजार अनुगमन गर्न लागेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले जानकारी दिए । सदरमुकाम मन्थली सहित मन्थली नगरपालिकाको सबै वडामा रहेको साना तथा ठुला बजारमा समितिले हार्डवयर,खाद्यन्न तथा किराना, कस्मेटिक तथा इलेक्ट्रोनिकस, फेन्सी तथा कपडा, होटल तथा खाजाघर र स्टेशनरी तथा वर्कशप साथै सुन पसलहरु निरन्तर तथा आवश्यकता अनुसार बजार अनुगमन गर्ने छ । जिल्लाको रामेछाप नगरपालिकामा रहेको रामेछाप, ओख्रेनी, साँघुटार र रामपुर, लगाएत बजारको आर्थिक वर्ष २०७८÷०७९ भित्र कम्तिमा २ पटक र आवश्यक्ता अनुसार जुनसुकै समय अनुगमन गर्ने बताएको छ ।
त्यस्तै गरी गोकुलगंगा गाउँपालिका अन्तगत रहेको नमाडी, बेताली, रस्नालु, ठोसे, सिवालय बजार लिखुतामाकोशी गाउँपालिकामा रहेको धोवी,ढाडे सिरिसे, खिम्ति,बजार खाँडादेवी गाउँपालिकामा रहेको गाल्पा, सित्खा,माडीमुहान,गोगनपानी,बजार दोरम्बा गाउँपालिका अन्र्तगत रहेको दोरम्बा, टोकरपुर बजार सुनापतीमा रहेको लुभुघाट, साधीडाडा बजार र उमाकुण्ड गाउँपालिकामा रहेको बाम्ती, प्रिती च्यादलु देउराली,लगाएत सबै बजारहरु भने एक पटक अनिवार्य रुपमा अनुगमन गर्ने जनाएको छ । दशै तिहार जस्ता पर्व नजिकिएकोले म्याद गुर्जेका समानहरु बिक्रि बितरण गर्ने र उपभोक्ताहरु समस्यामा पर्ने भएकोले अनुगमन गर्ने निर्णय गरिएको बताएको छ । साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड पालना भए नभएको विषयमा कडाईका साथ अनुगमन गर्न समेत बैठकले निर्देशन गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...