रामेछापमा ९७ जनाले ज्यान गुमाए

Written by meropradesh creator

१३ माघ २०७७, मंगलवार

रामेछाप । जिल्लामा विभिन्न घटना दुर्घटनामा परि गएको एकवर्ष भित्र (२०७६ पुस देखी २०७७ पुस मसान्तसम्ममा) ९७ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले गएको एकवर्ष भित्र भएको दुर्घटना र घटनाहरुमा परि ज्यान जानेहरुको संख्या सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा उल्लेख गरेको छ । प्रहरीको रेकर्ड अनुसार भिर÷रुखबाट लडेर महिला २ र पुरुष १४ जना गरि १६ जनाले अकालमा ज्यान गुमाएका छन् । त्यस्तैगरी खोला÷नदीले बगाएर महिला २ र पुरुष ५ जना गरि ७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै करेन्ट÷आगोले जलेर पुरुष ४ जनाको ज्यान गएको छ भने कुकुरले टोकेर १ जना महिलाको ज्यान गएको प्रहरीे कार्यालयको रेकर्डमा देखिन्छ । त्यस्तैगरी सबैभन्दा बढी आत्महत्या गरि ज्यान गुमाउनेको संख्या उल्लेख्य रहेको छ । रामेछापमा एकवर्ष भित्र आत्महत्या गरी ज्यान गुमाउनेको संख्या महिला २६ र पुरुष २८ गरि कुल ५४ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी सवारी दुर्घटनामा परि महिला ३ र पुरुष ६ गरि ९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कर्तव्य गरि मारिएका १ महिला र १ पुरुष गरि २ को ज्यान गएको छ भने गर्भपतन गरि १ बालकको ज्यान गएको छ भने बेबारिसे अवस्थामा ३ पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्लामा धेरै मात्रामा आत्महत्या गर्नेको संख्या अत्याधिक मात्रामा रहेकाले यसलाई न्युनीकरण गर्न स्थानिय निकायहरुसँगको समन्वयमा विभिन्न सचेतिकरणका कार्यक्रमहरु संचालन गर्ने गरि योजना अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...