रामेछापमा ९ असल बुहारी र जेष्ठ नागरिक सम्मानित

रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा आयोजित एक विशेष कार्यक्रममा ९ जना असल बुहारी र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका नगरप्रमुखहरू लव श्रेष्ठ र लव श्री न्यौपानेले संयुक्त रूपमा आयोजित समारोहमा उनीहरूलाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका हुन्। असल बुहारीहरूलाई आफ्नो सासु-ससुराको राम्रो हेरचाह गरेको आधारमा चयन गरिएको हो भने जेष्ठ नागरिकहरूलाई उमेर र योगदानका आधारमा सम्मान गरिएको आयोजकले जनाएका छन्।

जिल्ला जेष्ठ नागरिक संघ रामेछापको आयोजना र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रम मन्थली सदरमुकाममा आयोजना गरिएको थियो। संघको साधारण सभा तथा ‘जेष्ठ नागरिक अन्तरपुस्तीय सीप हस्तान्तरण कार्यक्रम’ अन्तर्गत भएको उक्त समारोहमा करिब ३०० जना जेष्ठ नागरिकहरूको सहभागिता थियो।

कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले जेष्ठ नागरिकहरू समाजको अमूल्य निधि भएको उल्लेख गर्दै उहाँहरूको सम्मान र संरक्षणमा परिवार, समाज र राज्य सबैले समान जिम्मेवारीका साथ लाग्नुपर्ने धारणा राख्नुभयो। उहाँले सरकारद्वारा दिइँदै आएको भत्ता, निःशुल्क स्वास्थ्य उपचारलगायतका सेवा-सुविधाको चर्चा गर्दै स्थानीय सरकारले पनि आवश्यकताअनुसार थप सहयोग गरिरहेको जानकारी दिनुभयो।

रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले जेष्ठ नागरिकहरूलाई भगवानसरह मान्दै उहाँहरूको बिना समाजको कल्पना गर्न नसकिने बताए। उहाँले संघीय सरकारले उपलब्ध गराएको सेवा बाहेक पनि स्थानीय सरकार जीविकोपार्जन र स्वास्थ्य उपचारमा सधैं साथमा रहने बताए। साथै, उहाँले केही दिनभित्रै चिकित्सक टोलीसहित गाउँगाउँमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिने जानकारी पनि दिनुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला जेष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा डा. सुमुन कर्माचार्य, जेष्ठ नागरिक बैकुण्ठप्रसाद पौडेललगायतले जेष्ठ नागरिकप्रतिको कर्तव्य र सम्मानका विषयमा आ–आफ्ना विचार राखेका थिए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...